बिद्यादेवी भण्डारी राष्ट्रपतिमा निर्वाचित, भण्डारीको मतभार ३९२७५, राईको मतभार ११७३०

काठमाडौँ । सत्तारुढ दलको समर्थनमा उम्मेद्धार बनेकी बिद्यादेवी भण्डारी दोस्रो कार्यकालका लागि राष्ट्रिपति निर्वाचित भएकी छिन् । नेपाली कांग्रेसको समर्थनमा उम्मेद्धार बनेकी कुमारी लक्ष्मी राईलाई फराकिलो मतअन्तबाट भण्डारी दोस्रो कार्यकालका लागि निर्वाचित भएकी छिन् ।

भण्डारीले ३९ हजार २७५ मतभार प्राप्त गरेकी छिन् भने उनीकी प्रतिस्पधी कुमारी लक्ष्मी राईले ११ हजार ७३० मतभार प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ । राईलाई नेपाली कांग्रेसले मात्र सहयोग गरेको थियो भने भण्डारीलाई, एमाले, माओवादी केन्द्र, संघिय समाजबादी फोरम, राजपा र राप्रपाले सहयोग गरेका थिए ।

राष्ट्रिपति निर्वाचनका लागि प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सदस्यहरुले मंगलबार नै मतदान गरेका थिए । विहान १० देखि सुरु भएको मतदान दिउँसो ३ बजे सकिएको थियो ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice