मैले फोरम छोडेँ, फेरी कम्यूनिष्ट बने-अजम्बर काङमाङ

काठमाडौं । संघीय समाजवादी फोरमका केन्द्रीय सचिव अजम्बर राई काङमाङले पार्टी छाडेर फेरी कम्यूनिष्ट बनेका छन् । फोरम नेपाल छोड्दै उनी शुक्रवार नेकपा माओवादी केन्द्रमा प्रवेश गर्न लागेका छन् । एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको मिति तय भइसकेका बेला उनी फेरी कम्यूनिष्ट पार्टीमा फर्केका छन् । एमाले र माओवादी केन्द्रका नेताहरुसँग सल्लाह गरी म कम्यूनिष्टमा फर्किन लागेको हुँ,-उनले भने ।

५ वर्षअघि एमाले छोड्दै उनी संघिय समाजबादी फोरममा प्रवेश गरेका थिए । कम्यूनिष्ट राजनीति छोडेर जातिय राजनीति गर्न पुगेका अजम्वरलाई जातिय राजनीति पनि फलिफाव भएन । अशोक राई, बिजय सुब्बाहरुसँगै एमालेबाट विद्रोह गरेका अजम्बर फेरी कम्यूनिष्टको बाटो रोजेका छन् ।

म कम्यूनिष्ट थिँए, फुट्दै जाँन थालेपछि पार्टी छोडे, अहिले फेरी जुट्दै जान थोलेको छ । म पनि कम्युनिस्ट पार्टीमै जोड्न चाहान्छु,-उनले भने । काङमाङ पार्टी छोड्नुभन्दा पहिले एमाले केन्द्रीय कमिटीका सदस्य थिए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice