शुक्रबारबाट भृकुटीमण्डप प्रदर्शनी हलमा २१ औं वृहत पुष्प प्रदर्शनी

काठमाडौँ । पुष्प व्यवसायमार्फत स्वच्छ वातावरण र आर्थिक सम्पन्नता भन्ने मूल नाराका साथ फ्लोरिकल्चर एसोसियसन नेपालको आयोजनामा ४ दिने २१ औं बृहत् पुष्प प्रदर्शनी यही चैत्र ३० देखि वैशाख ३ गतेसम्म काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा आयोजना हुने भएको छ।

मङ्गलबार राजधानीको बालुवाटारमा आयोजित एक पत्रकार सम्मेलनमार्फत एसोसियसनले प्रदर्शनीको बारेमा औपचारिक जानकारी गराएको हो। प्रदर्शनीको बारेमा तयार पारिएको प्रेस विज्ञपति वाचन गर्दै फ्लोरिकल्चर एसोसियसन नेपालका उपाध्यक्ष एबम मेला संयोजक रामजीप्रसाद तिमल्सिनाले नेपाल सरकार,कृषि मन्त्रालय (हाल कृषि,भूमी व्यवस्था तथा सहकारी)को सहयोग तथा पुष्प विकास केन्द्रको सहकार्यमा यस वर्ष पनि २१ औं फ्लोरा एक्स्पो २०१८ को आयोजना गरिएको बताए।एक्स्पोको समुद्घाटन कृषि,भुमी व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणी खनालबाट चैत्र ३० गते शुक्रबार बिहान ११ बजे हुनेछ।

मेलामा जम्मा ८२ वटा स्टल मध्ये अफिसियल स्टलका लागि १० वटा,प्रतियोगितात्मक प्रदर्शनीका लागि १ वटा,ल्यान्डस्केपिङका लागि ४ वटा र व्यवसायिक स्टलका लागि ६५ वटा र र फुडस्टल २ वटा छुट्याईएको छ।साथै मेलामा सहभागी भएका विभिन्न पुष्प व्यवसायीहरुद्वारा उत्पादित फूल विरुवाहरुबीच स्वच्छ प्रतिस्पर्धा गराई विभिन्न विधाहरुमा प्रथम हुने व्यवसायीहरुलाई नगद,सिल्ड तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिने कार्यक्रम रहेको समेत तिमल्सिनाले बताए।

नेपालमा समग्र पुष्प व्यवसायको विकास,विस्तार र प्रवर्धनमा कृयाशील रहदै फ्यानले पुष्प व्यवसायको व्यवसायिक प्रवर्धनका लागि निरन्तर रुपमा पुष्प प्रदर्शनी व्यापार मेलाहरुको आयोजना गर्दै आइरहेको छ। प्रदर्शनीका लागि फ्यान र सरकारॆए निकायबाट बराबरी लगानी गरिएको फ्यानका अध्यक्ष कुमार कसजु श्रेष्ठले बताए

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice