रारामा प्रधानमन्त्री, श्रीदल गणमा बास,कर्णाली सरकारको बैठकमा आथित्य

मुगु । प्रधानमन्त्री केपी शर्मा ओली ‘कर्णाली–रारा पर्यटन बर्ष २०७५’ बाटै देशबासीलाई सम्वोधन गर्न शुक्रवार नै रारा पुगेका छन् । शुक्रवार रारा पुगेका प्रधानमन्त्री ओलीले विहान साढे ८ बजे देशबासीका नाममा सम्वोधन गर्ने भएका छन् ।

शुक्रवार अपरान्न ४ बजे रारा पुगेका प्रधानमन्त्री ओलीले आफ्नो पहिलो कार्य कर्णाली प्रदेश सरकारको क्याविनेट बैठकमा सरिक भएका थिए । प्रदेश सरकारको बैठकमा पहिलो पटक प्रधानमन्त्री उपस्थित भएका हुन् । शुक्रवार साँझ कर्णाली प्रदेश सरकारको बैठक रारामा बसेको र प्रमुख अतिथि प्रधानमन्त्री ओली भएको आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले बताए । बैठकमा कर्णाली प्रदेश सरकारले गर्न लागेका विकास निर्माणका योजना मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रधानमन्त्रीलाई अवगत गराएका थिए ।

प्रधानमन्त्रीसँगै रक्षामन्त्री ईश्वर पोखरेल, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी, पूर्वसभामुख सुवास नेम्वाङ, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सभामुख राजबहादुर शाही, प्रदेशका सबै मन्त्री र सांसदहरु रारा पुगेका छन्। विशिष्ठ अतिथिहरु नेपाली सेनाको श्रीदल गणमा रात विताएका थिए ।

देशबासीका नाममा सम्बोधन गरेपछि प्रधानमन्त्री ओलीले हुम्लाको हिल्सा नाका अवलोकन गर्ने भएका छन् । हिल्साबाट उनी पुनः ११ बजे रारा फर्किनेछन्। रारामा प्रधानमन्त्रीले बोटिङ समेत गर्ने कार्यतालिका छ।

दिउँसो १२ बजे पर्यटन वर्ष उद्घाटन सकेर २ बजे प्रधानमन्त्री जुम्ला प्रस्थान गर्नेछन्। जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठक बस्दैछ। जसको अध्यक्षता प्रधामन्त्रीले गर्नेछन्।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice