अमेरिका र चीनबीच चर्कियो ‘वाइन र चिकेन वार’, आर्थिक युद्धको खतरा

काठमाडौं । विश्वका दुई शक्तिशाली मुलुक अमेरिका र चीनबीच आर्थिक युद्ध सुरु भएको छ । दुवै देशका सरकारले एकअर्काको देशबाट आयात गरिने सामानमा भन्सार शुल्क बढाएका छन् । भन्सार शुल्क बढाएपछि आर्थिक युद्धको थालनी भएको छ । दुवै देशले शुरुवाती प्रहार भन्सार शुल्कबाटै गरेका छन् ।

अमेरिकाले स्टील र एलुमिनियममा आयात शुल्क बढाएको छ । चिनियाँ सामानमा ट्रम्प सरकारले ६० अर्ब डलर शुल्कको घोषणा गरिसकेको छ । चीनले पनि अमेरिकी बस्तुमा कर बृद्धि गरिसकेको छ । गत वर्ष अमेरिकाले चीनबाट तीन अर्ब डलरको स्टील र एलुमिनियम आयात गरेको थियो।

चीनले सुङ्गुरको मासु, वाइन, फलफूल र सुक्खा मेवा जस्ता अमेरिकी वस्तुको आयातमा भन्सार शुल्क बढाएको छ। अमेरिकाले पनि थप चीनविरूद्ध यस्ता कैयौँ कदमहरू चाल्ने तयारी गरिरहेको छ। सन् १९६० मा ‘चिकेन वार’ नाममा व्यापार युद्धु भएको थियो। जर्मनी र फ्रान्सले अमेरिकाबाट आयात हुने कुखुराको मासुमा भन्सार शुल्क बढाइदिए।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice