प्रधानमन्त्री ओलीले बोलाए एमाले स्थायी कमिटीको आकस्मिक बैठक

काठमाडौं । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताका बिषयमा छलफल गर्न पार्टी स्थायी कमिटीको बैठक बोलाएका छन् । विहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेपछि अपरान्न एमाले स्थायी कमिटीको बैठक बस्ने भएको छ । प्रधानमन्त्री ओलीले प्रचण्डसँग भएका सहमतिका बुँदालाई अनुमोदन गराउन बालुवाटारमा बैठक डाकेका छन् ।

पार्टी एकताका बिषयमा लामो समयदेखि छलफल हुन सकेको थिएन । दुवै नेता ब्यस्त भएका कारण बैठक हुन सकेको थिएन । सोमबार विहान दुवै नेताबीच बालुवाटारमा छलफल चलिरहेको छ । प्रचण्डसँगको वान टु वान वार्तापछि एमाले स्थायी कमिटीको बैठक बस्ने भएको छ ।

एमाले र माओवादी केन्द्रबीच बिद्यानको प्रस्तावनामा जनयुद्ध शब्द राख्ने, पदीय बाँडफाँड र चुनाव चिन्हका बिषयमा कुरा मिलेको छैन । दुवै नेताबीच भएको सहमतिलाई अनुमोदन गर्न ओलीले स्थायी कमिटीको बैठक बोलाएका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice