लिभिङ टुगेदर पूर्णिमालाई अभिसाव बन्यो, ढुंगाले हानेर हत्या प्रेमीद्धारा हत्या

काठमाडौं । ७ महिनादेखि लिभिङ टुगेदरमा रहेकी प्रेमीका हत्या गर्ने प्रेमीलाई प्रहरीले पक्राउ गरेको छ । टोखा ७ धापासी हाइट बस्दै आएकी पूर्णिमा विकलाई उनकै प्रेमीले हत्या गरेको प्रहरीले जनाएको छ । हत्यापछि पूर्णिमाको शव बाटोमा फालिएको थियो ।

हत्याको अभियोगमा प्रेमी विजय तामाङलाई प्रहरीले पक्राउ गरेको छ । श्रीमानले छोडेपछि विजय तामाङसँग लिभिङ टुगेदरमा बसेकी पूर्णिमा हत्या आइतवार राति गरिएको थियो । उनलाई ढुंगाले हानेर हत्या गरिएको प्रहरीले जनाएको छ । तामाङ र पूर्णिमा दुवै मिस्त्री काम गर्दै आएका थिए । गोर्खा घरभएकी विक र पर्सा ठोरी घर भई धापासी बस्ने विजय तामाङ ७ महिनादेखि लिभिङ टुगेदरमा थिए । ‘हामी बसेको कोठाबाट उनी बेला बेलामा हराउने गरेकी थिइन । मलाई शंका लाग्यो कोठामा जान मैले आग्रह गरे नमानेपछि ढुंगाले हानेको हुँ’ तामाङले प्रहरीलाई बयान दिएका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice