ओली र दाहालबीच बालुवाटारमा अढाई घण्टा संवाद, निस्कर्ष शुन्य

काठमाडौं । पार्टी एकतालाई निस्कर्षमा पुराउन दुई अध्यक्षबीच बालुवाटारमा चलेको बैठक सकिएको छ । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच साढे २ घण्टा बालुवाटारमा छलफल भएको थियो । चुनाव चिन्ह, पदीय बाँडफाँट र जनयुद्धका विषयमा दुई पार्टीबीच मतभेद देखा परेको छ ।

मतभेदलाई अन्त्य गर्न ओली र दाहालले सोमबार दुई घण्टा छलफल गरेका छन् । छलफलमा के निस्कर्ष निस्कियो त्यो भने सार्वजनिक गरिएको छैन । तर मंगलबार विहान पार्टी एकता संयोजन समितिको बैठक बोलाउने निस्कर्ष दुई अध्यक्ष निकालेका छन् ।

चुनाव चिन्ह र जनयुद्धका बिषयमा ठुलो विवाद नभएपनि पदीय बाँडझाँडमा भने दुई पार्टीबीच चर्काे मतभेद देखिएको छ । एमालेले ७०, ३० को आधारमा भागबन्डा गर्ने प्रस्ताव ल्याएको छ भने माओवादीले ५०, ५० गर्नुपर्ने पक्षमा अडान लिएको छ ।

दुबै पार्टीले महाधिवेशनसम्मका लागि दुई अध्यक्ष मानेर जाने भन्ने निर्णय गरिसकेका छन्। तर प्रचण्डले दुईवटै अध्यक्षको अधिकार के हो भन्ने कुरापनि निक्र्योल हुनुपर्ने थप माग राखेको स्रोतले बताएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice