अधिनायकवाद शुरु भइसक्यो – सभापति देउवा

चितवन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले अधिनायकवाद शुरु गरिसकेको आरोप लागेका छन् । भरतपुर विमानस्थलमा आज पत्रकारहरुसँग कुरा गर्दै उहाँले मनोमानी ढंगले सरकारले काम गरिरहेको बताए ।

देउवाले भने , “सरकारले एकलौटी गर्न खोजेजस्तो देखिन्छ । अधिनायकवाद शुरु भइसक्यो । मनोमानी बढ्यो ।” अर्काे प्रश्नमा व्यङ्ग्य गर्दै सभापति देउवाले भने , “अब विकास गर्छन्, अधिनायकवादको ।”

सरकारको एक सय दिन हनिमुन समय भएको भन्दै उहाँले काम हेर्ने बताए । “शुरुकै कामबाट धड्काधड्की विकास भएको छ,” देउवाले व्यङ्ग्य गर्दै भने , “कुनै किसिमको सरसल्लाह छैन, आफ्नै तरिकाले गरेका छन्, काम गर्न सकेका छैनन् ।”

पार्टी कमजोर भएको छ नि भन्ने प्रश्नमा उहाँले दुईवटा पार्टी मिलेपछि निर्वाचनमा जित हार हुने कुरा स्वाभाविक भएको बताए । उहाँले प्रजातन्त्रको रक्षाका लागि लड्ने र प्रजातन्त्रको मूल्य मान्यताअनुसार जनताको अधिकारका लागि काँग्रेस लडिरहनेबताए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice