विराट कोहलीको टीमले विशाल स्कोर खडा गरेपछि धोनीका अगाडी टिकेन, पाँच विकेटले चेन्नाई बिजयी

काठमाडौं । चेन्नाई चेन्नई सुपर किङ्सका कप्तान महेन्द्र सिंह धोनीको विस्फोटक पारीले रोयल च्यालेन्जर्स बैंलोर विशाल स्कोर खडा गरेपनि ५ विकेटले पराजित भएको छ । भारतीय कप्तान तथा रोयल च्यालेन्जर्स बैंलोरका कप्तान विराट कोहलीको टीमलाई धोनीले धारासायी बनाए ।

६ ओभरको खेलमा ५९ रन बनाउँदै चेन्नाईले तीन विकेट गुमाई सकेको थियो । २० ओभरको खेल खेल्दै रोयल च्यालेन्जर्स बैंलोरले २०५ रन बनाएको थियो । ९ ओभरपछि क्रिजमा आएका छोनीले नट आउट ७४ रन बनाए । अम्बति राइडुले पनि विस्फोटक ८१ रनको पारी खेलेका थिए ।

अन्तिम ओभरमा जितका लागि चेन्नईलाई १६ रनको आवश्यकता थियो। ब्राभोले पहिलो बलमा चौका, दोस्रोमा छक्का र तेस्रो बलमा १ रन जोडेका थिए । तीन बलमा ५ रन आबश्यकता परेका बेला धोनी स्टाइकमा आए । उनले पहिलो बलमै छक्का प्रहार गरी टिमलाई जित दिलाए । यो जितसंगै इन्डियन प्रिमियर लिगमा चेन्नाई पहिलो स्थानमा उक्लेको छ ।
४ विकेटको क्षतिमा ७४ रनबाट धोनी र रायडुले टोलीलाई अघि बढाएका थिए। रायडुले ५३ बलमा ८ छक्का र ३ चौकाको मद्दतमा ८२ रन बनाए । ३४ बल खेलेका धोनीले ७ छक्का र १ चौका प्रहार गरे।

त्यसअघि टस हारेर ब्याटिङ गरेको घरेलु टोली बैंगलोरले क्विन्टन डी कक र एबी डी भिलियर्सको अर्धशतकको मद्दतमा निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २ सय ५ रन बनाएको थियो।

डी भिलियर्सले आक्रमक ब्याटिङ गर्दै सर्वाधिक ६८ रन बनाएका थिए। उनले ३० बलमा ८ छक्का र २ चौका प्रहार गरेका थिए। डी ककले ५३ रन जोड्ने क्रममा ३७ बल खेल्दै ४ छक्का र १ चौका प्रहार गरे। मन्दीप सिंहले ३२, कप्तान विराट कोहोलीले १८, वासिङटन सरदारले अविजित १३, कोलिन डी ग्रान्डहोमेले ११ रन जोडेका थिए।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice