निरुता केसी र अञ्जना अधिकारीको मन परेको फूल (भिडियो)


काठमाडौँ । चर्चित लोक दोहोरी गायक प्रकाश पुरी र चर्चित गायिका गीतादेवीको सुमधुर स्वरमा सजिएको नयाँ लोक दोहोरी गीत मन परेको फूल को म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रतिभा म्युजिक प्रालिको प्रस्तुतिमा बजारमा आएको उक्त गीतमा प्रकाश पुरीको लय र महेश नेपालको शब्द संकलन रहेको छ ।

माया प्रेमका भावनाहरुलाई रसिक रसिक ढंगबाट प्रस्तुत गरिएको उक्त गीत निरुता केसी र अञ्जना अधिकारीको संयुक्त प्रस्तुतुको रूपमा बजारमा आएको हो ।म्युजिक भिडियोमा सञ्जीव ठकुरी र एलिना देउजाको जीवन्त अनि दमदार अभिनय देख्न सकिन्छ भने सञ्जीव ठकुरीले नै निर्देशन गरेका छन् । जनकराज अधिकारीले भिडियोको छायांकन गरेका हुन् । म्युजिक भिडियोलाई म्युजिक नेपालले युटुबमा सार्वजनिक गरेको हो ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice