खाडी जाने पुरुषको संख्या घट्यो, महिलाको संख्या ९ प्रतिशतले बढ्यो

काठमाडौं । पछिल्ला बर्षहरुमा नेपालबाट वैदेशिक रोजगारीमा जाने पुरूषको संख्यामा धेरै कमि आएको भएपनि महिलाको संख्यामा भने तिव्ररुपमा बृद्धि भएको एक अध्ययनले जनाएको छ ।
आर्थिक वर्ष २०७२, ७३ भन्दा ०७३, ७४ मा ९ प्रतिशतले बैदेशिक रोजगारीमा जाने महिलाको संख्यामा बृद्धि भएको तथ्यांकले देखाएको छ । श्रम मन्त्रालयले गरेको अध्ययन प्रतिवेदनमा ९ प्रतिशतले महिलाको संख्यामा बृद्धि भएको उल्लेख गरेको छ ।

पछिल्ला ९ वर्षमा वैदेशिक रोजगारीमा जाने नेपाली कामदारमध्ये सरदर ९६ प्रतिशत पुरूष र ४ प्रतिशत मात्र महिला हुने गर्दथे । तर पछिल्ला बर्षमा महिलाको संख्यामा बृद्धि भएको छ ।
त्यस्तो वृद्धिको कारणबारे श्रम मन्त्रालयकी उपसचिव रमा भट्टराईले भनिन्, एउटा कारण महिला आत्मनिर्भर हुनुपर्छ भन्ने चेतना बढेकोले पनि हुन सक्छ। अर्को सरकारले विदेशमा घरेलु महिला कामदार संस्थागत रूपमा पठाउने भनेपछि गैरकानूनी रूपमा जाने महिला कामदारको संख्या घटेर संस्थागत रूपमा जान थालेकोले वृद्धि भएको हुन सक्छ।

पुरूषको तुलनामा महिलाले धेरै समय काम गर्नुपर्ने, उनीहरू शारिरिक तथा आर्थिक शोषणमा पर्ने गरेको लगायतका कारण देखाउँदै सरकारले आर्थिक वर्ष ०७१र०७२ मा महिलाहरूलाई वैदेशिक रोजगारीमा पठाउन कडाइ गरेको थियो।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice