मन्त्री रविन्द्रको काइदा: फेवाताल अतिक्रमण गर्ने कर्ण शाक्यका छोरालाई पर्यटन विज्ञमा नियुक्त

काठमाडौं । पर्यटन तथा नागरिक उड्यनमन्त्री रविन्द्र अधिकारीले फेवाताल अतिक्रमणका विवादास्पद उद्यमी कर्ण शाक्यका छोरा सुनिल शाक्यलाई पर्यटन बिज्ञका रुपमा नियुक्त गरेका छन् । सर्वाेच्च अदालतले फेवाताल क्षेत्रभित्र अतिक्रमण गरी निर्माण गरिएका भौतिक संरचना हटाउन निर्देशन दिएपछि सरकार र अतिक्रमणकारीबीच द्धन्द नै चलेको छ ।

सरकार र फेवातालको जमिन अतिक्रमण गर्नेबीचको द्धन्द चलिरहेका बेला अतिक्रमण गर्ने कर्ण शाक्यका छोरालाई मन्त्री अधिकारीले पर्यटन बिज्ञका रुपमा नियुक्त गरेको स्रोतले बताएको छ । उद्यमी कर्ण शाक्यले फेवातालको सिमसार क्षेत्र अतिक्रमण गरी वाटर फाइन्ड रिसोर्ट सञ्चालन गरेका छन् ।

शाक्यले रिसोर्ट निर्माण गर्ने बेला पोखरा नगर विकास समितिसँग विवाद भएको थियो । नगर विकास समितिले फेवातालको जग्गा अतिक्रमण नगर्न आग्रह गर्दा गर्दै शाक्यले जवरजस्ती रिसोर्ट निर्माण गरेका थिए । ६ बर्षअघि बनाइएको रिसोर्ट भत्काउन सर्वाेच्च अदालतले आदेश दिइसकेको छ ।

मन्त्री अधिकारीले पर्यटन तथा नागरिक उड्यन क्षेत्रलाई सुधार गर्न २९ जनाको समिति निर्माण गरेका छन् । २९ जना मध्ये २८ औ स्थानमा कर्ण शाक्यका छोरा सुनील शाक्य रहेका छन् ।

अधिकारी मन्त्रीमात्र हैनन् कास्कीबाट निर्वाचित सांसद पनि हुन् । उनले निर्वाचनमा अतिक्रमित जग्गा फिर्ता लिने चुनावी नारा पनि बनाएका थिए । तर अतिक्रमण गर्नेलाई नै बिज्ञका रुपमा नियुक्त गरेपछि सर्वाेच्च अदालतको आदेश र उनको चुनावी नाराले सार्थकता पाउनेमा दुविधा उत्पन्न भएको छ ।

 

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice