ओलीको उपहार थियो मोदीलाई कर्ता पाइजामा !

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्वागत गर्न जनकपुरस्थित जानकी मन्दिरमा पुगेका प्रधानमन्त्री केपी शर्मा ओली शुक्रवार कुर्ता पाइजामामा देखिए । ओलीको पहिरनलाई कतिपयले आलोचना पनि गरे । पटनाबाट विशेष विमानमा जनकपुर ओर्लेका भारतीय प्रधानमन्त्री मोदीको पनि पहिरनपनि ओलीको जस्तै देखियो । दुवै प्रधानमन्त्री एउटै पोषाकमा देखिनु संयोग होइन संयोजन हो ।

मोदी नेपाल आउनुभन्दा पहिले जानकी मन्दिरमा लगाउने कपडाका बिषयमा बालुवाटारभित्र छफफल भएको थियो । दुवै प्रधानमन्त्रीले एउटै पहिरन लगाउने निस्कर्ष निस्केपछि भारतीय दूतावाससँग मोदीको साइज मागिएको थियो । भारतीय दूतावासले मोदीको साइज दिएपछि नेपालमै दुई प्रधानमन्त्रीका लागि कुर्ता पाइजामा बनाइएका थिए ।

ओलीले भारतीय समकक्षीलाई कुर्ता पाइजामा पठाएका थिए । ओलीले नेपालबाट पठाएको कर्ता पाइजामा लगाएर भारतबाट जानकी मन्दिरमा आइपुगेका थिए । दुवै प्रधानमन्त्री एउटै डेसमा देखा परेका थिए । दुवैले जानकी मन्दिरमा पुजा त्यही कुर्ता पाइजामामा गरेका थिए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice