मध्यरातमा तिव्रगतिको बसमा हेडलाइट निभेपछि प्युठानमा बस दुर्घटना, ५ को मृत्यु २१ घाइते

प्युठान । महेन्द्रनगरबाट प्यूठान गइरहेको यात्रृबहाक बस मध्यरातमा दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ भने २१ जना घाइते भएका छन् । प्यूठानको सरुमहारानी गाउँपालिकाको बाँबरीखोलामा बस दुर्घटना भएको ज्रिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । महेन्द्रनगरबाट प्युठानतर्फ गइरहेको बा ४ ख १८७६ नम्वरको यात्रृबहाक बस राती २ बजे दुर्घटना भएको हो ।

मध्यरातमा तिव्र गतिमा गइरहेको बसको हेडलाइट एक्कासी बन्द भएपछि बस दुर्घटना भएको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ । दुर्घटनामा तीन महिला र २ पुरुषले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा बसका चालक समेत रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी २१ जना घाइते भएका छन् । घाइतेको प्युठान र बुटवल अस्पतालमा उपचार भइरहेको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice