आजदेखि नेपाल लोडसेडिङ मुक्त, ४० प्रतिशत अझै बिद्युत सेवाबाट बंचित

काठमाडौं । विद्युत प्राधिकरणले आज लोडसेडिङ नेपाल घोषणा गर्दैछ । केही बर्षअघिसम्म दैनिक १४ घण्टा लोडसेडिङ भोग्दै आएको देश कुशल कुलमान घिसिङका कारण लोडसेडिङ मुक्त नेपाल बनेको छ । आइतवारदेखि उद्योग क्षेत्रको लोडसेडिङ अन्त्य गरेपछि प्राधिकरणले लोडसेडिङ मुक्त देश घोषणा गर्न लागेको छ । यसअघि २ देखि ४ घण्टासम्म उद्योग क्षेत्रमा लोडसेडिङ हुँदै आएको थियो तर आजदेखि उद्योग क्षेत्रमा पनि लोडसेडिङ अन्त्य हुने भएको छ ।

नेपालका ६० प्रतिशत जनसंख्याले बिद्युत सेवा पाएका छन भने ४० प्रतिशत अझै बैकल्पिक उर्जाको भरमा छन् । कतिपय जिल्ला सदरमुकामसम्म अझै बिद्युत पुगेको छैन । विशेषगरी कर्णाली क्षेत्रका धेरै गाउँबस्तीहरु अझै अन्धकारमय छन् । जति जनसंख्याले बिद्युत सेवा पाएका छन्, ति क्षेत्रमा अब लोडसेडिङ नहुने भएको छ ।

उद्योग क्षेत्रमा लोडसेडिङ हटाउन जलस्रोत उर्जा तथा सिञ्चाई मन्त्री वर्षमान पुनले घिसिङलाई निर्देशन दिएका थिए । तर अहिले नदीहरुमा पानीको बहान बढेका कारण र निर्माणाधिन बिद्युत गृहबाट उत्पादन सुरु भएपछि लोडसेडिङ मुक्त नेपालको घोषणा हुने भएको छ ।

‘खोला तथा नदीमा बृद्धि भएको पानीको वहावका कारण रन अफ रिभर आयोजनाबाट विद्युत उत्पादनमा भएको वृद्धि, अर्ध जलाशययुक्त आयोजनाको कुशलतापूर्वक सञ्चालन, कुलेखानी जलाशययुक्त आयोजनाको उपयोग, संरचनागत सुधार र अपुग भारतबाट आयात गरी लोडसेडिङ अन्त्य गरेका हौं, घिसिङले भने ‘अब मुलुक पूर्णरुपमा लोडसेडिङमुक्त भएको छ ।’

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice