वैशाखमै रामेछापमा डुबान, परीक्षा दिन हिंडेका विद्यार्थीलाई खोलाले बगायो

रामेछाप । निरन्तरको वर्षाले रामेछापको मन्थली अस्तव्यस्त बनेको छ । कक्षा ११ को परीक्षा दिन गएका विद्यार्थीहरुलाई खोलाले बगाएको छ । मन्थली नगरपालिकाको भटौलीमा रहेको रुद्राक्षेश्वर मावि केन्द्रमा परीक्षा दिन जान लागेका मन्थली माविका विद्यार्थीहरुलाई खोलाले बगाएको थियो ।

खोलाले बगाएका मध्ये चार जना पौडिएर निस्किन सफल भएका छन् । अन्य विद्यार्थीहरुलाई पनि खोलाले बगाएको हुनसक्ने आशंका स्थानीयबासीको छ । यद्यपि प्रहरीले यसको पुष्टि गरिसकेको छैन ।वर्षाले वस्ती डुबानमा परेको छ भने सडक अवरुद्ध हुँदा सवारी आवागमन प्रभावित भएको छ । गएराति १२ बजदेखि शुरु भएको वर्षा अहिलेसम्म यथावत हुँदा मन्थलीको बसपार्क, मन्थली बजारको खाँदबारी लगायतका क्षेत्र डुबानमा परेका छन् । पहिरोले केही घर र पसलमासमेत क्षति पुर्‍याएको बताइएको छ । पसलमा हिलो पसेको छ ।

सडक अवरुद्ध हुँदा जिल्लाबाट बाहिरिने र भित्रिने सवारी साधनहरु चल्न सकेका छैनन् । बसपार्कमा पार्किङ गरी राखिएका गाडीहरु नैग्रेगरले फसेका छन् । सवारी नचल्दा सर्वसाधारण यात्रु अन्योलमा परेका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice