संसद बैठकमै ओलीलाई महालम्पसारवादीको आरोप

काठमाडौँ । नेपाली कांग्रेसका सांसद एबम युवा नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई महालम्पसारवादी भन्दै कटाक्ष गरेका छन्।
सोमबारको प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै थापाले भने,’भारतका तत्कालीन राष्ट्रपति नेपाल आउँदा एमालेका सम्माननीय अध्यक्षले भन्नुभएको थियो- भ्रमण त ठीक छ, तर यो तामझाम हेर्दा लम्पसारवादी भन्न मन लाग्यो। मेरो परिभाषा होइन, उहाँकै परिभाषामा सरकारको यो तामझाम हेर्दै गर्दा मैले महालम्पसारवादी भन्न पाउने कि नपाउने ?’

थपाले अघि थपे, ‘आफूले गर्दा पुण्य, अरुले गर्दा पाप ?’ साथै थापाले ओलीको चुनावअघिको अभिव्यक्ति सम्झँदै अहिले भारतसँग कुरा गर्दा तपाईंको घुँडामा भ्वाङ पर्‍यो कि परेन भन्ने प्रश्न समेत गर्न भ्याए ।

‘सम्माननीय प्रधानमन्त्रीज्यूले हिजो रोस्टमबाट जिम्मा लिएर भन्नुभएको छ, अब भारतले कहिले पनि नाकाबन्दी गर्दैन भनेर । हिजो भारतसँग कुराकानी मात्र गर्नुपर्छ भन्दै गर्दा सत्तामा बस्नेहरूले घुँडा टेक्दा घुँडामा घाउ भयो भनेर भन्नुभएको थियो,’ थापाले प्रश्न गरे, ‘हिजो भारतले नाकाबन्दी गर्दैन भनी जिम्मा लिएर रोस्टममा बोल्ने प्रधानमन्त्रीलाई मैले सोध्न पाउने कि नपाउने, तपाईंको घुँडामा भ्वाङ पर्‍यो कि परेन ?

हिजो नाकाबन्दीको विरुद्ध आफ्ना भातृ संगठनलाई भारतीय दूतावासअगाडि प्रदर्शन गर्न पठाउने एमाले नेतृत्वको सरकारले अहिले नाकाबन्दी बिर्सेको छैन भन्नेहरूमाथि दमन गरेको उनको आरोप छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice