अस्ताए पूर्वस्टार खेलाडी मणि शाह

काठमाडौँ । नेपाली टिमका पूर्वस्टार खेलाडी मणि साहको निधन भएको छ । लामो समयदेखि कलेजोको समस्यामा रहेका उनको सोमबार साँझ थापाथलीस्थित नर्विक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

साहले नेपाली फुटबलमा १७ वर्षको उमेरमानै डेब्यु गरेका थिए । उनले १९८५ मा राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए भने त्यसपछिका १३ वर्ष उनी नेपाली फुटबलका उत्कृष्ट खेलाडीका रुपमा रहे । सन् १९९३ ढाकामा भएको छैटौं दक्षिण एसियाली खेलकुदमा नेपालले स्वर्ण जित्दा उनी टिमको महत्वपूर्ण सदस्य रहेका थिए ।

५१ वर्षीय साहलाई सोमबार राति अकास्मात रुपमा ज्वारो आएपछि नर्विक लगिएको थियो । यद्धपि उनको अवस्था क्रिटिकल रहेको भन्दै अस्पतालले आइसियुमा राखेर उपचार गरेको थियो भने थप गाह्रो भएपछि सोमबार विहान उनलाई भ्यान्टीलेटरमा राखिएको थियो ।

यसअघि एन्फा चुनाव हुनु अघि पनि केहि दिन अस्पताल भर्ना भएर उपचार गराएका थिए । तर विचमा उनी पुनः घर फर्किएर नियमित फलोअपमा रहँदै आएका थिए । उनले १९९८ सम्म राष्ट्रिय टिमबाट फुटबल खेलेका थिए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice