एकता अड्किरहँदा प्रचण्ड नेपाल भेटवार्ता- के कुराकानी भयो ?

काठमाडौँ । पार्टी एकीकरणको बारेमा विभिन्न थरी अड्कलबाजी भइरहेका बेला माओवादी केन्द्रका अधयक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका वरिष्ठ नेता माधवुकर नेपालबीच भेटवार्ता भएको छ ।

ललितपुरस्थित एमाले वैदेशिक मामिला विभागको कार्यालय, तुल्सीलाल स्मृति भवनमा मंगलबार बिहान प्रचण्ड र नेपालबीच भेटवार्ता भएको हो । भेटवार्तामा दुई पार्टीबीचको पार्टी एकीकरणका विषयमा छलफल भएको स्रोतले जनाएको छ । वार्तामा नेता नेपालले पार्टी एकता प्रक्रियाबारे निराशाजनक अवस्था अन्त्य गर्न प्रचण्डलाई आग्रह गरेको स्रोतले जनाएको छ । अनावश्यक आशंका पालेर एकता नटार्न आग्रह गरिएको नेता नेपाल निकट स्रोतले जनाएको छ ।

भेटमा प्रचण्डले ओलीका पछिल्लो क्रियाकलाप र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणपछिको अवस्था विश्लेषण गर्दै एकताका लागि विश्वासको वातावरण बन्नुपर्नेमा जोड दिएको स्रोतको दावी छ । एमाले नेता नेपालले भने दुई नेताबीचमात्र कुरा हुँदा पार्टी एकताबारे कार्यकर्ता प्रष्ट नहुने र अन्यौल बढ्ने भन्दै संयोजन समिति बैठकमा छलफल गर्न आग्रह गरेका छन् ।

पछिल्लो समय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणपश्चात अरुण तेश्रो आयोजनालगायत विविध विषयमा नेकपा एमाले र माओवादी केन्द्रबीच तिक्तता बढ्दै गईरहेको छ । जसले गर्दा पार्टी एकतामा समेत असर परेको र अघोषित रुपमा पार्टी एकता प्रक्रिया स्थगन भईसकेका कुराहरु बाहिर आईरहेका छन् ।

यही विवाद र तिक्तताका बीच भएको माधवकुमार र प्रचण्डको भेटघाटलाई महत्वका साथ हेरिएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice