मोदीविरुद्ध भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहको लिखित उजुरी

काठमाडौं । भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहले वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीबिरुद्ध उजुरी दिएका छन् । १० बर्ष शालिन प्रधानमन्त्रीकारुपमा भारतको शासन सत्ता चलाएका मनमोहन सिंह निर्वाचनका समयमा पनि शालिनरुपमै रहे । तर कर्नाटकमा मोदीले दिएको अभिब्यक्तिलाई लिएर मनमोहनले राष्ट्रपतिसँग उजुरी गरेका छन् ।
कर्नाटकको चुनावी सभालाई सम्वोधन गर्दै मोदीले भनेका थिए ‘कांग्रेसका नेताहरू कान खोलेर सुन्नुहोस्, यदि तपाईँहरूले सीमा नाघ्नुभयो भने निकै गाह्रो पर्ला। यो मोदी हो।’

५ मेका दिन कर्नाटकको हुबलीमा मोदीले यस्तो भाषण दिएका थिए । भाषणको भाषालाई लिएर कांग्रेस आइले आपत्ति मात्र जनाएको छैन राष्ट्रपति रामनाथ कोविन्दसँग उजुरी पनि गरेको छ । पूर्वप्रधानमन्त्री सिंहले राष्ट्रपति रामनाथ कोविन्दलाई लेखेको उजुरी पत्रमा कडा शब्दमा मोदीको आलोचना गरिएको छ । प्रधानमन्त्री मोदीले पदीय मर्यादाको उल्लङ्घन गरेको सिंहले जनाएका छन् ।

उजुरीमा समेटिएका यी बुँदा

भारतीय प्रधानमन्त्रीको संविधान अन्तर्गत एउटा विशेष स्थान प्राप्त छ। प्रधानमन्त्रीले संघीय मन्त्रिपरिषद्को नेतृत्व गर्छन्। संघीय कार्यापलिका प्रधानमन्त्रीलाई रिपोर्टिङ गर्छ र उनीबाट आदेश लिन्छ।

विगतमा सबै प्रधानमन्त्रीले सार्वजनिक र निजी कामकाजमा पदीय मर्यादा कायम राखेका दृष्टान्त छन्। लोकतान्त्रिक राज्य व्यवस्थामा प्रधानमन्त्रीले सरकार प्रमुखका हैसियतमा विपक्षी दलका नेताविरूद्ध धम्कीपूर्ण र उक्साहटपूर्ण शब्दको प्रयोग गर्ने कुरा कल्पना पनि गर्न सकिँदैन। कांग्रेस नेतृत्वलाई प्रधानमन्त्रीले दिएको धम्की निन्दनीय छ।

१.३ अर्ब जनसंख्या भएको कुनै पनि संवैधानिक र लोकतान्त्रिक सरकार भएको देशका प्रधानमन्त्रीको यो भाषा हुन सक्दैन। चाहे सार्वजनिक रूपमा गरियोस् वा व्यक्तिगत रूपमा यस्तो भाषा स्वीकारयोग्य हुन सक्दैन।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice