ओली सरकारले राम्रो लक्षण देखाएन – नेता पौडेल

कालिकोट । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केपी ओली सरकारले मुलुकको समृद्धिका लागि केहि लक्षण नदेखाएको बताएका छन्। कर्णाली प्रदेशमा नेपाली कांग्रेस सुदृढिकरण अभियान लिएर कालिकोट पुगेका पौडेलले नेपाली कांग्रेस कालिकोटको दोश्रो जिल्ला सम्मेलनको उदघाटन गर्दै नेपाल भ्रमणमा आएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले खाली तिर्थाटन गरेर फर्कनुले ओली सरकारसँग कुनै नीति र भिजन नभएको स्पष्ट भएको बताए ।

पौडेलले भने,‘बिहानले दिन देखाउछ भनेझैं ओली सरकारले केहि नगर्ने लक्षण देखाउन सुरु गरेको छ । नेपाल भ्रमणमा आएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले खाली तिर्थाटन गरेर फर्कनुले पनि ओली सरकारसंग कुने नीति र भिजन छैन भन्ने स्पष्ट देखाएको छ ।’ साथै उनले विकास निर्माणका पूर्वाधार सवै कांग्रेसले पालामा भएको बताउदै थपे,‘कर्णालीलाई सडक सञ्जालमा जोड्ने नीति कांग्रेसले लिएको हो । पटक पटक कम्युनिष्ट नेतृत्वमा पनि विगतमा सरकार बनेका छन् । पूर्वप्रधानमन्त्रीहरुको लामो लाम कम्युनिष्ट पार्टीमा छ तर ती कम्युनिष्ट सरकारले के गरे अहिले सम्म । उनीहरु खोक्रा नारा दिएर जनता झुक्याउने काम मात्रै गर्दै आएका छन् ।’

वरिष्ठ नेता पौडेलले उर्जा शक्तीको विकास, कृषि क्रान्ति र पर्यटनको विस्तार गरेर मात्रै कर्णालीको विकास र समृद्धि संभव हुने स्पष्ट पारेका छन् । उनले भने,‘हाम्रो उद्देश्य भनेको गाँउमा विकास पुर्याएर गाँउमा नै रोजगारी र आम्दानी सृजना गर्ने हो । उखान टुक्का र हाँस्य व्यग्य गरेर मात्र विकास सम्भव छैनन्।’

कांग्रेस पराजित भएपछि आफ्नो मनमा कर्णालीबाट पार्टी सु्दृढिकरण अभियान थाल्नुपर्छ भन्ने लागेको बताउदै पौडेलले भने ,‘कांग्रेस पराजित भएपछि मेरो मनमा कांग्रेसलाई सुदृढ बनाउनुपर्छ भन्ने लाग्यो । त्यही भएर मैले सुदृढिकरण थाल्ने निधो गरे । अनि मैले त्यो अभियान कर्णाली प्रदेशबाट गर्नुपर्छ भनेर लागेको हो । दुःख कष्ट र अभाव भएको ठाँउबाट कांग्रेस सुदृढिकरण अभियान थाल्नुपर्छ भन्ने मेरो मनमा आयो र मैले कर्णालीबाट पार्टी सु्दृढिकरण अभियान थाल्ने निधो गरेको हो ।’

साथै उनले कांग्रेसको सिद्धान्तको विजय हुने कांग्रेस किन सधै पराजित हुने यो विषयमा हरेक तहमा समिक्षा जरुरी भएको बताएका छन् । ‘कम्युनिष्टहरुले चुनावमा जित्ने भएको छ । हामीले चुनाव हारेका छौं तर राजनीति हारेका छैनौ’। पौडेलले भने,‘त्यसैले हामीले अब कमीकमजोरीलाई खोजी गर्न जरुरी छ । पुराना गल्ती कमजोरी हटाएर अब कांग्रेसलाई नयाँ जीवन दिन जरुरी छ । अब फेरिको चुनावमा कांग्रेसको जीत सुनिश्चित उखान टुक्का र हाँस्य व्यग्य गरेर मात्र विकास सम्भव छैन । अब फेरिको चुनावमा कांग्रेसको जीत सुनिश्चित छ । तर कांग्रेसले जनताको इच्छा र जनताको चहानालाई बुझेर काम गर्नुपर्छ । अब कांग्रेसका हरेका कार्यकर्ता कर्मशील बन्न जरुरी छ ।’
पौडेलले कम्युनिष्टको अनुकुल नहुने कर्मचारी शिक्षकहरुलाई सरकारले पक्षपात गर्यो भने कांग्रेस सडकमा उत्रन तयार रहेको बताए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice