गगनजी मोदीलाई ढुंगा हान्नु पर्ने थियो ! : राज्यमन्त्री बास्कोटा

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सोमबार ब्यवस्थापिका संसदको बैठकमा ‘महालम्पसारबादी सरकार’ भन्दै गरेको टिप्पनीलाई सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले प्रतिवाद गरेका छन् । सरकारले घुँडा टेक्छ कि भनेर भ्रम फैलाउनु खोज्नु कांग्रेसजनको बुद्धिमा भ्वाङ परेको टिप्पनी राज्यमन्त्री बास्कोटाले गरेका छन् ।

भारतीय प्रधानमन्त्री नेपाल आउँदा ओली सरकारले घुँडा टेकेको र घुँडामा प्वाल परेको कडा टिप्पनी थापाले गरेका थिए । थापाको जवाफमा मन्त्री बास्कोटाले प्रश्न गर्दै भने ‘के गगनजी मोदीलाई ढुंगाले हान्नु पर्ने थियो ?, नेपाली संस्कारले पाहुनालाई स्वागत गर्छ ढुंगा हान्दैन, कांग्रेस संस्कारले ढुंगा हान्छ भने हामी जान्दैनौ ।’ उनले वर्तमान सरकारको घुँडामाभन्दा कांग्रेसीहरुको वुद्धिमा भ्वाङ परेको बताए ।

मंगलबार गृहजिल्ला काभ्रे पुगेका सञ्चार राज्यमन्त्री बास्कोटाले नाकाबन्दीको बेला ७२ साललाई सम्झन कांग्रेसजनलाई आग्रह गरे । ‘२०७२ साललाई सम्झनुस् भ्वाङ घुँडामा हो कि वुद्धिको भाँडामा हो’–उनले भने ‘त्यो बेला बर्तमान प्रधानमन्त्री ओली र उहाँको पार्टीले मात्र नाकाबन्दीको विरोध गरेको थियो । कांग्रेसहरु चुप लागेका थिए ।’

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice