जहाज सकुशल भेटिएको भन्दै विमानस्थलमा कसले दियो गलत सूचना ?

सुर्खेत । सुर्खेतबाट बुधबार बिहान हुम्लाका लागि छुटेर सम्पर्कबिहीन भएको मकालु एयरको ९ एन कलसाइनको जहाज हुम्लाको खार्पुनाथ गाउँपालिकाको बाहुनखर्कमा दुर्घटनाग्रस्त अवस्थाआ फेला परेको छ । दुर्घटनामा परी जहाजमा सवार चालक किरण भट्टराई र सहचालक आदित्य नेपाली दुबैको मृत्यु भएको छ ।

यसअघि उक्त जहाज बाजुराको बगरमा विमान फोर्स ल्याण्डिङ भएको र चालक दलका दुवै सदस्य सकुशल रहेको सूचना विमानस्थलमा आएपछि सञ्चार माध्यमहरुलार्इ सोही सूचना दिईएको थियो। त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीले बाजुरा र हुम्लाको सीमानामा जहाज भेट्टिएको अपुष्ट सूचना आएको बताएका छन्। यस्तै बाजुराका प्रमुख जिल्ला अधिकारी चेतराज बरालले पनि हुम्लाको अदानचुली-५ हिला चौर आसपासमा दुर्घटना भएको हुनसक्ने जानकारी आएकोबताएका थिए।
यो एयरलाईन्स क्याप्टेन फिजु नेपालीको हो। यसअघि सिता एयर बेचेर फिजुले मकालु एयरलाइन्स किनेका थिए।यो कार्गो जहाज हो। त्यसो त यो जहाजले चार्टर्ड गरेर मध्य र सुदुरपश्चिमका हिमाली जिल्लामा यात्रु ओसार्ने काम पनि गर्ने गर्थ्यो।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice