मदन-आश्रित स्मृति दिवसकै दिन पार्टी एकता घोषणा, आमसभा पछि

काठमाडौँ । नेकपा एमाले र माओवादी केन्द्रले बिहीबार पार्टी एकताको घोषणा गर्ने तयारी गरेका छन्। २५ औं मदन आश्रित दिवसको अवसर पारेर भोलि पार्टी एकता घोषणा हुनसक्ने स्रोतले बताएको छ ।

उच्च राजनीतिक स्रोतका अनुसार यसबीचमा कुनै ठूलै नाटकीय राजनीतिक घटनाक्रम नभए पत्रकार सम्मेलनको आयोजना गरी औपचारिक रुपमा पार्टी एकता घोषणा हुनेछ । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार बालुवाटारमा २ घन्टा लामो वार्ता भएको थियो। सोही वार्तापछि झन्डै ९ महिना लामो एकता प्रक्रिया टुंग्याउँदै एकीकृत पार्टी दर्ता गर्ने तयारी भएको दुबै दलका नेताहरूले बताएका छन्।

पार्टी एकताको अन्तिम निर्णय गर्न बिहीबार बिहान १० बजे एकता संयोजन समितिको बैठक डाकिएको छ। स्रोतका अनुसार भोलि विहान ७ बजे मदन भण्डारीको शालिकमा दुवै पार्टीका नेताले माल्यापर्ण गर्ने, त्यसपछि पार्टी एकता संयोजन समितिको बैठक बस्ने र साँझ ५ बजे पत्रकारसम्मेलन गरेर पार्टी एकताको घोषणा गर्ने तयारी भएको छ । तर, आमसभा चाहिँ भने केही दिनपछि गरिनेछ ।

 

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice