एकीकृत पार्टी ४४१ केन्द्रिय सदस्यीय हुने, चुनाव चिह्न सूर्य

काठमाडौँ । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएपछी बन्ने नयाँ पार्टीको केन्द्रिय समिति ४४१ सदस्यीय हुने भएको छ । जसमध्ये एमालेबाट २४१ र माओवादी केन्द्रबाट २०० जनाले प्रतिनिधित्व गर्नेछन ।

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच ४४१ केन्द्रीय सदस्य रहने सहमति भएको हो । त्यस्तै ४३ सदस्यीय स्थायी कमिटीमा एमालेबाट २५ र माओवादीबाट १८ जना रहने स्रोतले बताएको छ ।सहमतिअनुसार आगामी महाधिवेशनसम्म दुवै अध्यक्षयले सामुहिक रूपमा पार्टीको नेतृत्व गर्नेछन भने चुनाव चिह्न चाहिँ एमालेले प्रयोग गर्दै आएको सूर्य नै हुने भएको छ ।

एमाले स्थायी कमिटी बैठकमा अध्यक्ष ओलीले दाहालसँग भएको सहमतिबारे ब्रिफिङ गरेका थिए। दुवै नेताबीच भएको सहमतिलाई बिहीबार बस्ने पार्टी एकता संयोजन समितिको बैठकमा पेस गर्ने र अन्तिम रुप दिइने एमाले सचिव योगेश भट्टराईले जानकारी दिए। पार्टी एकताको बिहीबार मदन आश्रति स्मृति दिवसको अवसर पारेर बल्खुमा घोषणा गर्ने दुई पार्टीको तयारी छ । त्यस्तै बिहीबार नै नेपाल कम्युनिष्ट पार्टीको नाममा निर्वाचन आयोगमा दल दर्ता गर्ने तयारी पनि छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice