भारतीय भूतपूर्व नेपाली सैनिक/ प्रहरीहरुकाे समस्या समाधान होस् (प्रेस विज्ञप्ति)

काठमाडौँ नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको तर्फबाट अध्यक्ष धनबहादुर चन्द,महासचिव मिठाराम केसी,सचिव नरेन्द्र सिग्देल र पार्टीको तर्फबाट संगठनका लागि खटिनुभएका इञ्चार्ज नेकपा(एमाले)बैकल्पिक केन्द्रीय सदस्य हरिबहादुर राईको  नेतृत्वमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्युको जनसम्पर्क सल्लाहकार श्री अच्युत प्रसाद मैनाली मार्फत प्रधानमन्त्री ज्यु समक्ष हालै बुझाईएको माग पत्र।

सम्माननीय प्रधानमन्त्री ज्यु,
नेपाल सरकार
सिंहदरबार, काठमाडौं-नेपाल ।

बिषय: भारतीय भूतपूर्व नेपाली सैनिक/ प्रहरीहरुकाे समस्या समाधान बारे।

प्रस्तुत बिषयमा भारतीय सेना तथा प्रहरीमा भर्ती भई लामो समय सेवा गरि सेवा निबृत्त नेपालीहरु,अवकाश पश्चात् पनि बिभिन्न समस्या झेल्दै अाउनु परेकाे बारेमा हाम्रो संगठनले पटकपटक बनेको सरकारका प्रमुख र संबंधित मन्त्री ज्युहरु समक्ष जानकारी गराउँदै,समाधानको माग गर्दै आएपनि समस्या ज्युँ का त्युँ रहेको व्यहोरा पुनः अबगत गराउँदै समाधानका लागि पहल गरिदिनुहुन यो संगठन बिनम्रता पुर्वक अनुरोध गर्दछ।
हाम्रा समस्याहरु:
१) श्पेशल फ्रन्ट्रियर फोर्स (SFF)
भारत सरकारले सन् १९६२ मा यो फाेर्स स्थापना गरि नेपाली जवानहरुलाई सन् १९६५ देखि भर्ती लिन थालेको तर, अवकाश पछि उनीहरूलाई पेन्सनकाे ब्यबस्था भने गरेको थिएन।सन् १९८५मा अाएर ४५% कमुडेट(कुल पेन्सनकाे एक हिस्सा) २० बर्ष सेवा गरि अवकाश हुनेलाई मात्रै दिन थाल्यो,यो क्रम २००८ सम्म जारी रह्यो।सन् २००९मा यो फाेर्शलाई शतप्रतिशत (फुल) पेन्सन स्वीकृत गर्याे।तर,१९६५ देखि २००८ सम्म सेवा गरेकालाई यो सुविधाबाट बन्चित गर्याे,त्यस पछि भर्ति तथा सेवा निवृत्त हुनेलाई मात्र दिन थालियो।
सन् २०१२मा पीडित पक्षबाट दिल्ली उच्च अदालतमा २००९ मा स्वीकृत पेन्सन माग गर्दै मुद्दा दर्ता गरियो।र,२०१६ जनवरी २९ मा पीडितहरूको पक्षमा फैसला गर्याे, पीडितहरूको माग बमोजिम फुल पेन्सन दिनु भनेर।उक्त फैसलाले ४ (चार) महिना भित्र फैसला कार्यनयन गर्नु,गराउनु भनेको भएतापनि हाल सम्म उक्त फैसला कार्यन्वयन गर्न भारत सरकार अटेर गरिरहेकाले,अदालतको निर्णय अविलम्ब लागु गराउने बारेमा भारत सरकार संग कुटनैतिक ढंगबाट पहल गरिदिन हार्दिक अनुरोध गरिन्छ।

२)पेन्सन पट्टा र नागरिकता समस्या बारे:
भारतीय सेना वा प्रहरीबाट सेवा निवृत्त नेपालीहरुकाे पेन्सनपट्टा र नेपाली नागरकितामा पनि त्यस्तै जटिलता रहेको छ।पेन्सन पट्टा र नागरिकतामा नाम,थर,उमेर र तीनपुस्ते फरक फरक पर्न जांदा पेन्सन प्राप्त गर्ने कुरामा उत्तिकै समस्या छ, बर्षाैं सम्म धाउँदा पनि अाफ्नाे पसिनाकाे कमाई पाउन सकेका छैनन् ।
यस्तै समस्या देखिएको गाेरखा राईफलका भूपूहरुलाई भने सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले दिएको फरकफरक नाम,थर,तीनपुस्ते वा उमेर देखिन गएको भएतापनि एकै ब्यक्ति हो भन्ने सिफारिसका अाधारमा पेन्सन प्राप्त गरि रहेका छन। तर,अन्य पल्टनका भूपूहरुलाई भने कतै प्रमुख जिल्ला अधिकारी (सिडिअाे)ले सिफारिस दिन हिच्किचाउने,प्रमाणित गरे पनि भारत सरकारको तर्फबाट खटिएका कर्मचारीले नमान्ने हुँदा, यो समस्या समाधानका लागि पनि अावश्यक कुटनैतिक पहल गरियोस् ।

३) दुई देशका भूपूहरु बीचको असमानता बारे:
एउटै फौजमा सेवा गरेका भारतीय र नेपाली नागरिकले पाउने सुविधामा पक्षपात गरिएको छ।नेपाली नागरिक भूपूका टुहुरा,असहाय र अपांग छोराछोरीले कुनै सेवा सुविधा पाउँदैनन् भने भारतीय नागरिक भूपू का छोरा छोरीले पाउने गरेको हुँदा,नेपालीका छोराछोरीले पनि सो  सुविधा पाउने ब्यबस्था हुनुपर्ने माग गरिन्छ ।

४) एकल (बिधवा)महिलाहरुको समस्या बारे।
एकल(विधवा)महिलाहरूको पनि नाम थर,र उमेरमा समस्या देखाई उनीहरूको पतिको हकबाट पाउनु पर्ने पेन्सन लगायतका सेवा सुविधाबाट बन्चित गराईएकाे हुँदा यसकाे पनि उचित समाधान गरियोस् ।

५)भारतीय सेना/प्रहरीमा सेवा गरि सेवा निवृत्त नेपालीहरुकाे बिबिध खाले समस्या समाधानका लागि दुवै देशका सम्बन्धित बिज्ञ तथा सरकारी कर्मचारी सहितको एक उच्चस्तरीय संयन्त्र बनाई कुटनैतिक तबरबाट दीगो समाधान गर्ने तर्फ नेपाल सरकारले अविलम्ब पहल गरोस् , हाम्रो संगठन जोडदार माग गर्दछ।

मिठाराम केसी – महासचिव

 

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice