भ्रमणमा निस्केको सहकारीको बस दुर्घटना,१२ जनाको मृत्यु

पाल्पा । पाल्पाको हुमिनमा बस दुर्घटनामा परेको छ । तानसेनबाट रामपुर जाँदै गरेको बस रम्भा गाउँपालिका–४ हुमिनमा बिहान दुर्घटनामा परेको दुर्घटनामा परि १२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ८ पुरुष र ३ महिला रहेको घटनास्थलमा रहेका प्रहरी निरीक्षक चन्द्र थापाले जानकारी दिए । उनका अनुसार ६ जना घाइतेलाई उद्धार गरी उपचारका लागि मिसन अस्पताल तानसेन पठाइएको छ । ।

बस सडकबाट झन्डै १५० मिटर तल खसेको छ । लु २ ख ९७५ नम्बरको बस दुर्घटनामा परेको पाल्पा प्रहरीले जनाएको छ । लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले रामपुर भ्रमणका लागि रिजर्भ गरेको बस दुर्घटनमा परेको हो । संस्थाले २७ जनाका लागि रिर्जभ गरेको प्रहरीले जनाएको छ ।

 

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice