एनटिभी प्लसमा आइतबार साँझ टेलिफिल्म ‘खोइरो’ (भिडियो हेर्नुहोस )

ललितपुर । एस के डिजिटल प्रालिको प्रस्तुतिमा निर्माण भएको नयाँ हास्यव्यंग्य टेलिचलचित्र ‘खोइरो’ यही जेठ २० गते आइतबारबाट साँझ ७:३० मा एनटिभी प्लसमार्फत प्रसारण हुने भएको छ ।

गोर्खाली गायक तथा सांगीतिक सर्जक कृष्ण लामिछानेको परिकल्पना,कथा र निर्देशन रहेको सिरियलमा सुरवीर पण्डित,लक्ष्मी आचार्य,सुशिला निरौला(बिम्ली),ज्ञान बहादुर खड्का, कृष्ण लामिछाने,सन्तोष दाहाल,आरबी शर्मा,अमृता लामिछाने,दिपक बजगाईं(कैलाश) लगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ ।

सिरियलको शीर्षगीतमा ज्ञान बहादुर खड्काको स्वर र संगीत रहेको छ । मनोज सुवेदीको छायांकन रहेको उक्त सिरियलको सम्पादन भने दिनेश काफ्ने र विवेक सुनारको रहेको छ । समाजमा रहेका विकृति,कुसंस्कार र भ्रष्टाचारको विरुद्धमा खोइरो खन्ने किसिमको कथावस्तु भएर नै यसको नाम खोइरो राखिएको कलाकार ज्ञान बहादुर खड्काले बताए । त्यस्तै यो चलचित्रले दर्शकहरुको मन जित्नेमा आफू विश्वस्त रहेको कुरा निर्देशक लामिछानेले बताएका छन् । यसको छायांकन गोदावरी नगरपालिका १०,चापागाउँ स्थित टाहाखेल क्षेत्रमा गरिएको हो ।

प्रोमो भिडियो हेर्नुहोस ……………

 

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice