शेराधनलाई हानिएको बम आक्रमणबाट बचाउने असईको बढुवा

काठमाडौँ । प्रदेश १ का मुख्यमन्त्री तथा नेकपाका केन्द्रीय नेता शेरधन राईलाई लक्षित गरी गत कार्तिक २८ मा भएको बम आक्रमणमा उनलाई जोगाउने प्रहरी सहायक निरीक्षक डिल्लीबहादुर देवकोटा प्रहरी नायब निरीक्षकमा बढुवा सिफारीस भएका छन्।

प्रहरी प्रधान कार्यालयमा बसेको पुलिस कोअर्डिनेशन कमिटी(पिसिसि) को आईतबार बसेको बैठकले असई देवकोटालाई सईमा बढुवा सिफारिसगर्ने निर्णय गरेको हो। पिसिसि बैठकले बिशेष जोखिमपूर्ण कार्य गर्ने प्रहरी अधिकारीहरुको बढुवा सिफारिस गर्न सक्ने कानूनी प्रावधान छ।यस्तै डोल्पाको दुर्गम कालागौडा प्रहरी चौकीमा कार्यरत प्रहरी जवान भक्तबहादुर थापा हवल्दारमा बढुवा सिफारिस भएका छन्। थापाले चौकीमा बिरामी भएका आफ्ना साथी दलबहादुर थापालाई रातको समय पाँच घण्टा पिठ्युमा बोकेर स्वास्थ्य चौकी पुर्याएका थिए।

प्रहरी प्रवक्ता वरिष्ठ उपरीक्षक शैलेस थापा क्षेत्रीले पिसिसि बैठकले असई देवकोटा र प्रहरी जवान थापालाईसई र प्रहरी हवल्दारमा बढुवा सिफारिस गरेको बताए। उनले सिफारीस भएका प्रहरी अधिकारीको बढुवा समितिले बढुवा निर्णयगर्ने जानकारी दिए।‘विशिष्ट व्यक्तिको सुरक्षामा खटिएका देवकोटाले आफ्नो ज्यानको पर्वाह नगरी राईको सुरक्षा गरेको र थापाले साथीको ज्यान बचाउन रातको समय बिरामीलाई बोकेर स्वास्थ्य चौकी पुर्याएका थिए,’ एसएसपी क्षेत्रीले भने। उनका अनुसार थापाले बोकेर ल्याएका दलबहादुरको बाटोमै मृत्यु भए पनि थापाले उनको शब स्वास्थ्य चौकीसम्मै पुर्याएका थिए।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice