छोरी अन्माउने बेलामा सुरवीर पण्डितले कान्छी भित्र्याए

काठमाडौं । एसके डिजिटलको नौलो प्रस्तुति नयाँ हास्य टेलिशृंखला खोइरोमा दाह्री बा( सुरवीर पण्डितले ) लक्ष्मी आचार्य(पुतली ) लाई कान्छीका रूपमा भित्र्याए । गोर्खाली गायक तथा सांगीतिक सर्जक कृष्ण लामिछानेको परिकल्पना,कथा र निर्देशन रहेको सिरियलमा सुरवीर पण्डित,लक्ष्मी आचार्य,सुशिला निरौला(बिम्ली),ज्ञान बहादुर खड्का, कृष्ण लामिछाने,सन्तोष दाहाल,आरबी शर्मा,अमृता लामिछाने,दिपक बजगाईं(कैलाश) लगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ ।

सिरियलको शीर्षगीतमा ज्ञान बहादुर खड्काको स्वर र संगीत रहेको छ । मनोज सुवेदीको छायांकन रहेको उक्त सिरियलको सम्पादन भने दिनेश काफ्ने र विवेक सुनारको रहेको छ । समाजमा रहेका विकृति,कुसंस्कार र भ्रष्टाचारको विरुद्धमा खोइरो खन्ने किसिमको कथावस्तु भएर नै यसको नाम खोइरो राखिएको कलाकार ज्ञान बहादुर खड्काले बताए ।

त्यस्तै यो चलचित्रले दर्शकहरुको मन जित्नेमा आफू विश्वस्त रहेको कुरा निर्देशक लामिछानेले बताएका छन् । यसको छायांकन गोदावरी नगरपालिका १०,चापागाउँ स्थित टाहाखेल क्षेत्रमा गरिएको हो ।

भिडियो हेर्नुहोस

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice