राजपा केन्द्रीय सचिव लामाको मृत्यु

काठमाडौं । । राष्ट्रिय जनता पार्टीका केन्द्रीय सचिव तेन्जी लामाको बिहीबार राति मृत्यु भएको छ । सुनसरीको इटहरीस्थित आफ्नै घरमा अत्यधिक गर्मीका कारण नुहाउन गएको बेला करेन्ट लागेर लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सुनसरीले जनाएको छ । सचिव तेन्जी लामा ३१ बर्षको थियो ।

करेन्ट लागेर गम्भीर घाइते भएका लामाको उपचारका लागि धरानस्थित बिपी कोइराला प्रतिष्ठानमा लैजाने क्रममा बाटैमा मृत्यु् भएको हो । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सचिव तेन्जीको लामा श्रीमती र दुई सन्तान छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice