‘त्यो पहिलो नजर’ भन्दै एञ्‍जिला गौचन बजारमा

काठमाडौं । पर्यटकीय स्थल हिमालपरिको जिल्ला मुस्ताङको अति नै रमणिय थासाङ गाउँपालिकामा जन्मनु भएका थकाली समुदायको नै पहिलो गायिका एञ्‍जिला गौचनले ‘त्यो पहिलो नजर’ बोलको गीत म्यूजिक भिडियो सहित युटुबमा सार्वजनिक गरेको छ ।

पहिलो नजारमै माया बसेको भाव समेटिएको गीतमा सोहन मानन्धरको शब्द र संगीत रहेको छ भने म्यूजिक भिडियोमा अहिलेका चर्चित अभिनेत्रि आँचल शर्मा र पासाङ योञ्‍जन लामाको जीवन्त अभिनय तथा नृत्यले सझिएको छ।

भिडियोलाई छायाँकन ज्ञानेन्द्र शर्माले गरेका हुन् भने सम्पादन प्रविण श्रेष्ठको रहेको छ। अहिलेको परिवेशलाई समोटिएको भिडियाको निर्देशन पनि पासाङकै रहेको छ। उक्त गीत एञ्‍जिला नामक उहाँको दास्रो एल्बममा समाबेश गरिएको गीत हुन्।

यस अघि वि.सं. २०६१ सालमा पहिलो एल्बम प्रस्तुत गर्नुभएको गायिका एञ्‍जिलालाई ‘थाहा पाए तिम्रो बानी’ बोलको गीतले नेपाली संगीतिक आकाशमा चिनाउनुका साथै स्थिपित समेत गरेका छन् ।

उक्त गीतमा चर्चित हिपहप गायक अभिनाश घिसिङले फिचरिङ गरेका छन्। भर्खरै सार्वजनिक गरिएको यस गीत‘त्यो पहिलो नजर’ ले पनि राम्म्रै चर्चा बटुलिरहेकोले आफु निकै खुशी रहेको गयिका बताउँछिन्।

म्यूजिक भिडियो:

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice