शिखर वार्ताका लागि ट्रम्प र किम सिङ्गापुरमा

सिङ्गापुर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उन विश्वको सर्वाधिक चासो रहेको एक बहुप्रतिक्षित शिखर वार्ताका लागि आइतबार सिङ्गापुर पुगेको छ ।

किम र ट्रम्प दुवैजना आइतबार सिङ्गापुर पुगेको समाचार विश्वका सञ्चारमाध्यमहरुको प्रमुख समाचार बनेको विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । शिखर वार्तामा सहभागिताका लागि उत्तर कोरियाली नेता किम जोङ उन सिङ्गापुरतर्फ लागेदेखि नै विश्वका मिडियाले उहाँको समाचारलाई बडो प्राथमिकता दिएका थिए । त्यसपछि उहाँ सिङ्गापुर पुगेपछि यो ठूलो समाचार बनेको छ ।

यतिखेर सिङ्गापुरमा विश्वका कैयौँ सञ्चारमाध्यम पुगेका छन् । सञ्चारलेकिम र ट्रम्प कहाँ बसेको भन्नेदेखि लिएर आइतबार सिङ्गापुरका राष्ट्रपतिसँग भेटवार्ता गर्नेसम्मको अवस्थालाई आफ्ना क्यामेरामा कैँद गर्न निकै चासो देखाएका बताइएको छ ।

त्यसैगरी यस वार्ताका अर्का प्रमुख पात्रका रुपमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पर्नुभएको छ । किम र ट्रम्प पनि आइतबार नै सिङ्गापुर पुगेको हो ।
किम र ट्रम्पबीचको भेट उत्तर कोरियालाई आणविक हतियारबाट मुक्त गराउने बिषय बढी केन्द्रित हुने सहजै अनुमान लगाउन सकिन्छ, यद्यपि दुवै तर्फबाट वार्ताएको एजेण्डा भने आएको छैन ।

यही नै प्रमुख मुद्दा हुनेछ भन्ने अनुमान धेरैलाई छ । जसलाई अमेरिकी राष्ट्रपति ट्रम्पले पनि शान्तिका लागि ‘एक पटकको प्रयास’ भन्नुभएको छ । पहिलो प्रयासले नै धेरै कुरा देखाउने उहाँको पहिल्यै देखिको भनाई रही आएको छ । कोरियाली प्रायद्वीपमा हाल युद्धविराम छ । लामो समयदेखि घोषणा गरिएको यो युद्धविरामलाई दिगो रुपमा नै शान्तिमा परिणत गर्ने प्रयत्न अमेरिकाको हुने पनि उहाँको भनाई रही आएको छ ।

कोरियाली नेता किम एअर चाइनाको उडानमार्फत सिङ्गापुर उत्रिनुभएको थियो । सिङ्गापुर शहरभरिको सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ । तर पनि फोटो पत्रकारहरुले भने उहाँका हरेक क्रियाकलापहरुलाई पछ्याएका थिए । किम र ट्रम्प त्यहाँ पुगेपछि सिङ्गापुरको प्रसंशा गरे । यदि सम्मेलन सफल भयो भने दुई नेतालाई भेट गराउने सिङ्गापुरको प्रयास ठूलो र ऐतिहासिक बन्नेछकिम र ट्रम्पले भने ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice