प्रधान न्यायाधीशको नाम सिफारिस गर्न संवैधानिक परिषद बैठक आज

काठमाडौं । प्रधान न्यायाधीशको नाम सिफारिस गर्न संवैधानिक परिषदको बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री तथा संवैधानिक परिषदका अध्यक्ष केपी शर्मा ओलीले साँझ ५ बजे परिषद बैठक डाकेका हुन् ।

संसदका दुवै सदनको नियमावली पारित भएसँगै संसदीय सुनुवाई विशेष समिति गठनको बाटो खुलेपछि परिषद बैठकबाट प्रधान न्यायाधीशको नाम सिफारिस गर्न लागिएको हो । परिषदले नाम सिफारिस गरेपछि संसदीय सुनुवाई हुँदै राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्ति हुने संवैधानिक व्यवस्था छ ।

प्रधान न्यायाधीशका लागि यसअघि नै न्यायपरिषद सचिवालयले बरिष्ठताका आधारमा क्रमशः दिपकराज जोशी, ओमप्रकाश मिश्र र चोलेन्द्र शमसेर जबराको नाम पठाइसकेको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice