ट्रम्प आज नै अमेरिका फर्कने

सिंगापुर । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनसँगको शिखर वार्ता लगत्तै अमेरिका फर्किने भएको छ । अपेक्षा गरिएभन्दा चाडो उहाँ वार्ता भएकै दिन बेलुका स्वदेश फर्किन तयार भएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाईट हाउसले सोमबार जानकारी दिएको छ ।

ट्रम्प र किमबीच मङ्गलबार सिंगापुरमा शिखर वार्ता हुन लागेकोमा वार्ता सकिने वित्तिकै ट्रम्प सोही बेलुका आठ बजे सिंगापुरबाट अमेरिका प्रस्थानगर्ने छन् छ ।

ट्रम्प र किम बिच बिहान नौ बजे भेटवार्ता हुने कार्यक्रम तय भएको छ । सामूहिक भेटवार्तापछि उहाँहरुका बीचमा एक्ला एक्लै भेटवार्ता हुने छ । एक्ला एक्लै भेटवार्तामा उहाँहरू बाहेक भाषा अनुवादक मात्रै सहभागी हुनेछन् । त्यसपछि विभिन्न दुई पक्षीय भेटवार्ता र खाना खानेलगायतका कार्यक्रमहरु तय भएका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice