५ दिने भ्रमणका लागि प्रधानमन्त्री असार ५ मा चीन जाँदै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले असार ५ देखि १० सम्म चीनको ६ दिने औपचारिक भ्रमण गर्ने तय भएको छ । आज परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको भ्रमण मिति घोषणा गरेको हो । चिनियाँ समकक्षी ली खछियाङ्गको निमन्त्रणामा ओली चिन जान लागेका हुन् ।

उनले समकक्षी लीसङ्ग औपचारिक भेटवार्ता गर्ने तय भए पनि परराष्ट्रले मिति उल्लेख गरेको छैन । ओलीले चीनका राष्ट्रपति सि जिन्पिङ्ग सङ्ग पनि भेट्ने कार्यक्रम छ । तर परराष्ट्रले यसबारेमा केही सार्वजनिक गरेको छैन । ओलीको साथमा श्रीमती राधिका शाक्य, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, उर्जा मन्त्री बर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका मुख्य सल्लाहकार बिष्णु रिमाल चीन जाने तय भएको छ । सांसद तथा उच्च सरकारी पदाधिकारी पनि सहभागी हुने परराष्ट्रले जनाएको छ ।

भ्रमणका क्रममा केही सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुने भनिए पनि बिस्तृतमा उल्लेख छैन । प्रधानमन्त्रीले बेइजिङ्मा नेपाल चीन बिजनेस फोरम र बिज्ञहरूलाई सम्बोधन गर्ने पनि कार्यक्रम छ ।स्वदेश फर्कने क्रममा प्रधानमन्त्रीले तिब्बतको ल्हासामा प्रान्तीय अधिकारीसङ्ग पनि ओलीको भेटवार्ता हुने छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice