आफैंले ट्राफिक नियम मिचेका पारसले प्रहरीलाई थर्काए- ‘तैंले मलाई चिन्नुपर्छ’

काठमाडौँ । अनियन्त्रित पारामा आफ्नो सवारी हाँकेर अघि बढ्ने पूर्वयुवराज पारस शाह थापाथली प्रहरीको फन्दामा परेका छन् । जावलाखेलदेखि नै ट्राफिकको आदेश तोड्दै अघि बढेका पारसलाई जावलाखेल,पुल्चोक र कुपन्डोल प्रहरीको खबरपछि नियन्त्रणमा लिएको हो ।

पारसले तीव्र गतिमा चलाएको बा.१४ प २१३१ नम्बरको गाडी प्रहरीले समातेको हो । जावलाखेलदेखि हुँइकिएका उनलाई जावलाखेल प्रहरीले सोमबार थापाथलीमा नियन्त्रणमा लिएको नयाँ पत्रिकामा खबर छ । ट्राफिकले कागजपत्र नियन्त्रणमा लिएको र माग्दा नदिएको समाचारमा उल्लेख छ ।

रहरीले लाइसेन्स नदिएपछि पारसले आक्रोसित हुँदै ‘तैंले मलाई चिन्नुपर्छ’ भनेको तर ट्राफिक प्रहरीले नदिएको नयाँ पत्रिकाले लेखेको छ । ट्राफिक र ब्लुबुक ट्राफिकलाई छाडेर हिँडेको केही समयपछि उनका अंगरक्षक थापाथली ट्राफिक प्रहरी कार्यालय पुगेका थिए । पारसले ट्राफिक नियम उल्लंघन गरेको भन्दै प्रहरीले पाँच सय जरिवाना गरेको रसित काटेको थियो । रसिदमा चालक र धनीको नाम पारस वि.वि. शाह उल्लेख छ । अंगरक्षकले बैंकमा पाँच सय जरिवाना तिरेर पारसको ब्लुबुक तथा लाइसेन्स लगेका थिए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice