मस्कोमा वर्ल्डकपको भव्य उद्घाटन, पहिलो खेलमै रसियाको शानदार जीत

काठमाडौँ ।  फुटबलकाे २१औं महामेला अर्थात २१अाैँ विश्वकप फुटबल प्रतियाेगिताको भब्य उद्घाटन भएको छ । रसियाको राजधानी मस्कोस्थित लुज्निकी रंगशालामा अायाेजित विशेष भव्य कार्यक्रमबीच प्रतियाेगिताकाे उद्घाटन भएको हो ।

२१औँ संस्करणको विश्वकपअन्तर्गतको उद्घाटन खेलमा आयोजक रसियाले साउदी अरेबियामाथि ५–० को सानदार जित दर्ता गरेको छ । खेलको सुरुअाती १० मिनेट प्रतिस्पर्धात्मक भए पनि १२औँ मिनेटमा रसियाका युरी गजिन्स्कीले खाता खोलेपछि रसिया हावी भयो । निरन्तर आक्रामक खेल खेलेको रसियाका लागि डेनिस चेरिसेभले अग्रता दोब्बर पारेका थिए । सोसँगै पहिलो हाफमा रसियाले २–० को अग्रता कायम राख्यो ।

दोस्राे हाफमा पनि रसियाले निरन्तर आक्रमण गरिरह्यो । यसैबीच खेलको ७१औँ मिनेटमा पुनः सब्स्टीच्युट खेलाडी आर्टेम जुबाले मैदान छिरेको दोश्रो मिनेटमै गोल गरे । यो सँगै रसियाले ३–० को अग्रता लियो । तीन गोलको अग्रता लिनुका बाबजुद पनि रसियाले आक्रामक खेल रोकेन ।यसै क्रममा इन्जुरी समयकाे पहिलाे मिनेट अर्थात ९१ औँ मिनेटमा चेरिसेभले आफ्नो दोश्रो गोल थप्ने क्रममा टिमका लागि चौथो गोल गरे । त्यसैगरी, खेलको अन्तिम समयमा अलेक्जेन्डर गोलोभिनले फ्रि किकमार्फत गोल गर्दै गोलअन्तर ५–० पुर्‍याए । पहिलाे जितपछि रसियाले समूह ए काे अंक तालिकामा ३ अंक जाेडेकाे छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice