रोग बिसेक बनाउन प्रचण्ड र बादल तातोपानी कुण्डमा

काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रामबहादुर थापा बादलले सोमबार परिवारसहित म्याग्दीको तातोपानी पुगेर नुहाएका छन् । नेकपा अध्यक्ष प्रचण्ड र गृहमन्त्री बादलले सँगै तातोपानी कुण्डमा नुहाएको फोटो प्रचण्डको सचिवालयले सार्वजनिक गरेको छ । तस्वीरमा गृहमन्त्री बादलले टोपी लगाएर नुहाइरहेको देख्न सकिन्छ ।

प्रचण्ड पत्नी सीता दाहालको उपचारको क्रममा चिकित्सकको सल्लाहअनुसार उनीहरू परिवारसहित तातोपानी नुहाउन म्याग्दी पुगेका हुन् । प्रचण्डसँगै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पनि पत्नी नैनकला थापालाई लिएर तातोपानी कुण्डमा नुहाउन पुगेको प्रचण्डको सचिवालयले जनाएको छ । प्रचण्डपत्नी सीतासँगै छोरी गंगा दाहाल र स्वकीय सचिव जोखबहादुर महरा पनि तातोपानी पुगेका छन् ।

बेनी नगरपालिका(४ मा रहेको प्राकृतिक चिकित्सालयको रुपमा प्रसिद्ध तातोपानी कुण्डमा स्नान गर्दा छाला, नशा, ग्याष्ट्रिक, बाथ लगायत रोगका बिरामीलाई फाइदा पुग्ने भएकाले मानिसहरु त्यहाँ नुहाउन आउने गरेको कुण्ड व्यवस्थापन समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search