थाइराइड के हो, कसरी बच्ने ? (स्वस्थ जीवन)

काठमाण्डाै ।  थाइराइड आफैमा रोग नभएर एउटा ग्रन्थी हो । यो हाम्रो घाँटीको अगाडिको भागमा हुन्छ । थाइराइड ग्रन्थीले थाइरोक्सिन टी–३ र ट्रइआयोडी टी–४ हर्मोन उत्पादन गर्छ । त्यही उत्पादित हर्मोनले नै हाम्रो शरीरका अंगको क्रियाकलापलाई नियन्त्रण गर्छ । थाइराइडको मुख्य काम शरीरका मेटोबोलिज्म नियन्त्रण गर्नु हो । तर, जब थाइराइड ग्रन्थीको प्रणलीमा अवरोध सिर्जना हुन्छ, तब शरीरमा विभिन्न समस्या सिर्जना हुन्छ र हर्मोनमा गडबडी देखिन्छ । त्यतिबेला थाइराइडले सताउने गर्छ । यो समस्या तुलनात्मक रूपमा पुरुषमा भन्दा महिलामा बढी देखिन्छ । समयमा नै यो रोगको पहिचान गरी उपचार गरेमा यो रोगबाट सहजै बच्न सकिन्छ । तर, लापर्बाही गरेर समयमा नै निदान खोज्न नसकिए यसले ठूलो समस्या निम्त्याउन सक्छ । लापर्बाही गर्दा थाइराइड भएका व्यक्ति बेहोस भई मृत्युको मुखमा समेत पर्न सक्छन् ।

थाइराइडका लक्षणहरू :

खाना कम रुच्ने,

शरीर मोटाउँदै जाने

बच्चाको शरीर मोटाउँदै गए पनि उमेर अनुसार उचाइ र दिमाग भने

विकास नहुने

गर्भ तुहिने, गर्भ नबस्ने

कपाल झर्ने, तथा शरीर आलस्य हुने

महिनावारी अनियमित हुने

छाला तथा अनुहार फुस्रो देखिने

के खाने ?

सागपात, तरकारी, फलफूल, बेरीहरू, अंगुर, केरा, ब्राउन राइस

आयोडिनयुक्त नुनको सेवन गर्ने

अण्डा, ओखर, बदाम खाने

नौनी, ओट्स, तिल, एभाेगाडो

माछा, माछाको तेल, आलसको तेल, ओलिभको तेल

के नखाने ?

चिनीलगायत गुलियो पदार्थ कम खाने

भटमास, तोरीको साग, गेडा तोरी, तोरीको तेल,

फास्ट फुड, जंक फुड,

क्लोरिन हालिएको पानी, वियर, रक्सी, कफी नखाने,

क्रिम, बोसोयुक्त मासु, रातो मासु

केक, तारे भुटेको खाना, चुरोट, पान, सुपारी, पान मसला, कोल्ड ड्रिङ्स

घरेलु उपचार कसरी गर्ने ?

दैनिक सूर्य स्नान, योग ध्यान, तथा अन्य व्यायाम गर्ने

तनाव व्यवस्थापन समयमा नै गर्ने,

मनलाई पवित्र बनाउने

अनुशासित जीवन बिताउने

प्रतिक्रिया दिनुहोस्
X
Type to search