चर्चित कमेडियन कपिल शर्माको १२ डिसेम्वरमा विवाह, यी हुन् दुलही (तस्विरहरु)

एजेन्सी । चर्चित भारतीय कमेडियन कपिल शर्मा १२ डिसेम्वरमा विवाह बन्धनमा बाँधिने भएका छन् । विवाहको पूर्ण तयारीमा जुटेका कपिलले सोशल मिडियामा दर्जनौ तस्विरहरु सार्वजनिक गरेका छन् भने बलिउड हस्तीदेखि नेतासम्मलाई निम्ता पठाएका छन् । उनले विवाहको कार्डसँगै मिठाई पनि पठाउने गरेका छन् ।

कमेडियन कपिल शर्माले गिन्नी चतरथसँग विवाह गर्दैछन् । गिन्नी र कपिलबीच लामो समयसम्म प्रेम चलेको थियो । केही समय पहिले उनीहरुको सम्बन्धमा दरार पनि उत्पन्न भएको थियो । प्रेम सम्बन्धमा ब्रेक भएपछि कपिल डिप्रृेशनमा पुगेका थिए । तरपछि बलिउडका बादशाह शारुख खानले उनीहरुको सम्बन्ध जोडेको भारतीय मिडियाले जनाएका छन् । कपिलको विवाह गृहस्थान पञ्जावको जालन्धरमा हुँदैछ भने विवाहको रिशेप्सन मुम्बईमा दिने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search