निर्मला हत्या प्रकरण : काठमाडौंबाट शंकास्पद एक युवा पक्राउ

काठमाडाैँ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार पछि हत्यामा संग्लनताको आरोपमा एकजना पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले काठमाडौंबाटै कञ्चनपुरका २२ वर्षीय एक युवकलाई पक्राउ गरेको बताइएको छ ।

प्रहरीले उनको नाम भने गोप्य राखेको छ। उनलाई पक्राउ गर्ने बित्तिकै डिएनए टेस्टका लागि स्याम्पल पठाइएको सिआइबीले जनाएको छ। प्रहरीका अनुसार लागू औषध र दुर्व्यसनीमा संलग्न रहेका ती युवामाथि प्रहरीले पहिले नै आशंका गरेको थियो । तर, उनी भारतमा भएको परिवारले बताउँदै आएको थियो।

निर्मला हत्या प्रकरणमा उनको केही न केही हात हुन सक्ने अनुमान प्रहरीले गरेको छ। प्रहरीले उनलार्इ मंगलबार साँझ पक्राउ गरेको हो।

प्रतिक्रिया दिनुहोस्
X
Type to search