प्रधानमन्त्री ओली र उपेन्द्र यादवबीच भनाभनको भित्री रहस्य ‘पप्पु कन्ट्रक्सन’

काठमाडौं । निर्माण कम्पनीका क्षेत्रमा एकछत्र राज गर्दै आएको पप्पु कन्ट्रक्सनलाई सरकारले कालो सूचिमा राखेर कारवाही गरिरहेको छ । रौतहटको लालबकैयादेखि बर्दियाको जब्दीघाटमा बनाएका पुल प्रयोगमा नआउँदै भत्किए । राँझा–जमुना सडक खण्डको कालोपत्रे गाडी गुडन नपाउँदै उम्कियो । पुप्प कन्ट्रक्सनले ज्यादतीपूर्ण निर्माण कार्य गर्न थालेपछि सरकारले कालो सूचिमा राखेर कारवाही थाल्यो, भने पुप्पु कन्ट्रक्सनका बिरुद्ध अख्तियारले मुद्दा दायर गरेपछि मालिक हरिनारायण रौनियार सांसदबाट निलम्बनमा परे । उनी सांसद र बद्नाम ठेकेदार मात्र होइनन्, संघिय समाजबादी फोरमका नेता पनि हुन् ।

सोमबार बसेको मन्त्रीपरिषदको बैठकमा पुप्पु कन्ट्रक्सनले प्रवेश पायो । उपप्रधानमन्त्री तथा संघिय समाजबादी फोरमका अध्यक्ष उपेन्द्र यादवले पप्पु कन्ट्रक्सनलाई कालो सूचिबाट हटाउने प्रस्ताव मन्त्रीपरिषद बैठकमा गरे । तर प्रधानमन्त्री केपी शर्मा ओलीले ठाडै अस्वीकार गरेपछि ओली र यादवबीच भनाभन भएको स्रोतले बताएको छ ।

बैठकको सुरुमा प्रधानमन्त्रीले विवादित एसिया प्यासेफिक समिटका बारेमा जानकारी दिएका थिए । त्यसलगतै बोलेका उपप्रधानमन्त्री यादवले दुई प्रस्ताव गरे–पप्पु कन्ट्रक्सनका मालिक रौनियारको निलम्बन फुकुवा गर्ने, अन्चल तथा क्षेत्रिय अस्पतालहरुलाई ५ सय बेडमा अपग्रेड गर्ने । प्रधानमन्त्री ओलीले यी दुई प्रस्ताव नै अस्वीकार गरेपछि भनाभन भएको एकमन्त्रीले बताए ।

बैठकमा उपप्रधानमन्त्री यादवले फोरमसँग भएको संविधान संशोधनको सहमति कार्यान्वयन नभएको आक्रोस पनि पोखेका थिए । पप्पु कन्ट्रक्सनको बिषयलाई लिएर संघिय समाजबादी फोरमले बारम्वार प्रधानमन्त्री ओलीलाई दवाव दिँदै आएको छ । तरपनि बद्नाम पुप्पु कन्ट्रक्सनलाई कारवाही गर्ने पक्षमा ओली उभिएका छन् ।

फोरमले पप्पु कन्ट्रक्सनका बिषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठकको मुख्य एजेण्डा नै पप्पु कन्ट्रक्सन हुने महासचिव रनध्वज कन्दवाले बताए । फोरमले हाल रौनियार पप्पु कन्ट्रक्सनको मालिक नभएका कारण सांसदबाट निलम्बन गर्न नहुँने तर्क प्रधानमन्त्रीसँग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search