तिमीलाई छेक्यो मलाई नि छेक्यो, दहचोकको डाँडैले गाई पालन देख्यो !

तिमीलाई छेक्यो मलाई नि छेक्यो ।
दहचोकको डाँडैले के देख्यो ।।

यो सबैजसो सिरानचौरबासीले गुनगुनाउने लोक गीत हो । यो गीतले बत्तीमुनीको अधेरो बनेकाे सिरानचाैरबासीकाे दुख पनि बाेकेकाे छ । तीव्र सहरीकरण र माओवादी जनयुद्धका कारण सिरानचौरका अधिकांस मानिसहरु थानकोट, स्युचाटार र ट्याङ्लाफाँट लगाएतका स्थानहरुमा बसाइँ सरेपछि गाउँघर सुनसान बन्दै गएको थियो । २०७२ को भूकम्पले भएका बाँकि झुपडिहरु पनि भत्काइदिएपछि त सिरानचौर उजाड बन्यो, खेतबारी खोरिया बन्यो । तर, आज समय मात्र फेरिएको छैन, समयसँगै सिरानचौरको कथा पनि फेरिएको छ ।

विहानै काठमाडौंबाट थानकोट चेक पोष्टसम्म चिसो र धुलो खादै हामी धादिङतर्फको यात्रा लाग्यौं । चेक पोष्टबाट बाइकमा केहि मिनेट अगाडि गुडेपछि रमाइलो पात्लेबनको शान्त सुसेलीकाे मज्जा लिदै हामी धादिङको सिरानचउर पुग्यौं । सहरको प्रदुषणले टट्यएका आँखाले एकछिन भएपनि सितल पाइरहेको थियो ।

हामी सिरानचौरमा केहि युवाहरु मिलेर व्यावसायिक रुपमा सञ्चालन गरिरहेको गाई भैँसी फर्म हेर्न गएका थियौं । आधुनिक गोठ बनाएर सञ्चालन गरिएको यो फर्मबाट तलतिर हेर्दा देखिने महेसफाँट र शेरे फाँटको दृश्यले मन तानिरहेको थियो । व्यस्त र अशान्त राजधानीले ह्याङ भएको दिमाग फ्रेस भैरहेको थियो ।

हामी पुग्दा दुध बोक्ने गाडिबाट ओर्लदै स‌ंचालक मध्येका एक चिरञ्जीबी भण्डारीले भने, “भर्खर दुध बेचेर आएकाे ।” कोहि गाईभैंसीलाई पानीले सफा गर्दै थिए । त तिनीहरुलाई प्रोटिन युक्त खानेकुरा खुवाउँदै थिए । कोहि गाई भैसीलाई रातको थलोबाट बाहिर सार्दैै थिए । उनीहरुलाई भ्याइ नभ्याइ थियो ।

हाइवेबाट ४ किलोमिटर दूरीमा रहेर पनि छत्रेदेउरालीको सिरानचौर बाघ लुक्ने घारी फाँडेर ६ जाना युवाहरुले आधुनिक गाई भैंसी फार्म सञ्चालन गरेपछि अहिले सिरानचौर रमाइलो गाउँमा फेरिएको छ ।

६ जना युवाहरू थानकोटबाट चार किलोमिटर पश्चिमोत्तरमा रहेको सिरानचौरमा एक वर्षअघि खोलेको धुनीबेँसी गाई कृषि फार्म प्रालि (दुग्ध उद्योग ) लाई मुलुककै नमुना फार्मको रूपमा विकास गर्न दिलोज्यान दिइरहेका छन् ।

सरकारी जागिर भनेपछि मानिसहरु मरिहत्ते गर्छन । झनै पेन्सन हुन केहि बर्षमात्र बाँकि रहेको जागिर छाडेर अरु नै व्यवसाय गर्ने कुरा त कल्पना बाहिरको कुरा हो । तर अपवात बनेका छन् दुई वर्ष अघि नेपाली सेनाको जागिर छाडेका रामकुमार खत्री । उनी रकार–माओवादी सशस्त्र सङ्घर्ष उत्कर्षमा पुगेका बेला ०६० सालमा सेनामा प्रवेश गरेका थिए । तर, एकाएक उनको मनस्थिति बदलियो ।

स ०७३ मा आइपुग्दा मुलुकको परिस्थिति सङ्लिइसकेको थियो । पेन्सन पाक्न दुई वर्षमात्र बाँकि थियो । खत्रीले जागिर छाडेर आधुनिक कृर्षिफर्म सञ्चालन गर्ने संकल्प गरे । खत्रीसँगै सेनाको जागिर छाडेका चिरञ्जीवी भण्डारीको कथा पनि उस्तै छ । उनीहरु दुवैजना ‘ख’ श्रेणीको उपदान लिएर गाईको स्याहारमा जुटेका छन् । उनीहरूले कृषि फार्म खोलेर दूग्ध व्यवसाय आरम्भ गरेका छन् । अहिले उनीहरुलार्इ साथ दिन निराजन भण्डारी, राधेश्याम पुडासैनी, मधुकर लुइँटेल र दीपक लुइँटेल पनि जुटेका छन्। १५ वर्षदेखि पत्रकारिता गर्दै आएका मधुकर लुइटेल अहिले हिमालय टेलिभिजनमा कार्यरत छन् । तर उनलार्इ पनि आफ्नै गाउँमा देशकै नमुना गर्इ भैंसी फर्म बनाएर कम्तिमा सय जना वेरोजगार युवाहरुलार्इ रोजगर दिने सपनाले सताइरहेको छ । सरकारले सहयेग गरे यहि वर्ष सयजनालर्इ रोजगारी श्रृजना गर्ने योजना रहेको उनी बताउँछन् ।

विचौलियाको कब्जामा रहेको बजार र पाउडर घोलेके दूध खान बाध्य उपभोक्तालर्इ उनीहरुले आफ्ने बजारको माध्म बनाएका छन् । पानी एक थेपा पनि नराखि उनीहरु गाईको प्रतिलिटर रु. ८० र भैँसीको रु. १०० तथा दुवैको मिसाएको रु. ९० मा दूध उपभोक्ताको घरमै पुर्यााउँछन् ।

“त्यसरी उपभोक्ताको घरघरसम्म पुग्न सुरूमा निकै गाह्रो भयो । दूग्ध व्यसायी प्रति उपभोक्ताको विश्वास थिएन,” निराजन व्यवसाय गर्दाको शुरूआती दिन सम्झन्छन्, फ्याट नकाटिएको र पानीको थोपो नमिसाएको दूध घरघर पुर्याउन थालेपछि मानिसहरूको आकर्षण बढ्दै गएको  चिरञ्जीवी बताउँछन् ।
६ जनाले जनही बीस–बीस लाख लगानी गरे सुरु गरेको फर्ममा अहिले एक करोड ४२ लाख लगानी भैसकेको छ । एक थाेपा पानी नथपी अहिले दैनिक २२० लिटर दूग्ध उत्पादन भैरहेको र बजारमा माग बढ्दै गएकाले तत्कालै ४० ओटा गार्इ भैंसी थप्न लागिएको भण्डारी बताउँछन् ।


प्रारम्भमा ६ वटा जर्सी गाईबाट व्यवसायको शुरू गरेका उनीहरूले एकवर्षको अन्तरालमा २० वटा गाई पुर्याआएका छन् । एउटा गाईको बजार मूल्य ७० हजारदेखि एक लाखसम्म पर्छ । बजारमा गुणस्तरीय दूधको माग बढ्दै गएपछि र उपभोक्ता थपिँदै गएपछि १३ वटा मुर्रा (भारतबाट आयात गरिएका) जातका भैँसीसमेत थपेका छन्, उनीहरूले । गाईको तुलनामा भैँसीको मूल्य झन्डै दोब्बर महँगो छ । एउटा भैँसीको औसत एक लाख २० हजार पर्न पाउँछ ।

शुरुमै अनुभव नभएका मध्यमस्तरको आय भएका ६ जनालाई करोडमाथि लगानी गरेर व्यवसाय गर्न आँट आएन । लगानी डुब्ने भयले एक वर्ष विभिन्न फार्म चहार्दै, व्यवसायी भेट्दै व्यतीत गरे ।
च्याङ्ले (गोरखा), चितवन, पात्लेखेत (काभ्रे) नवलपरासीलगायतका जिल्ला सञ्चालित फार्म अवलोकन गरेपछि उनीहरूको आँट आयो र व्यवसायमा होमिए ।
तर, सरकारको नीति, कागजमुखी रवैयाका कारण उनीहरू थुप्रै प्रयत्न गर्दा पनि राज्यबाट कुनै सहयेग पाउन सकेका छैनन् । “कहिले यो प्रतिवेदन तयार पार, कहिले त्यो कागज लिएर आइजो भन्दै सरकारी निकायले झुलाएमात्रै । अनुदान होइन, तालिम, वीज लगायतमा पनि सरकारी तवरबाट कुनै सहायता नपाएमा भण्डारीले गुनासो पोखे ।

अहिले उनीहरूले ५७० रोपनी जग्गामा वार्षिक ७ लाख ८० हजार भाडा तिरेर फार्म सञ्चालनमा ल्याएका छन् ।दुईवर्षभित्रमा नश्ल सुधार, होलिस्टिन जातका गाईहरू पाल्ने र दैनिक २२० लिटर दूध उत्पादनलाई बढाएर हजार लिटरसम्म पुर्यासउने उनीहरूको लक्ष्य छ ।
त्यसका लागि उनीहरूले लिजमा लिएको जग्गामा बदामे, नेपियर, सीओथ्री, मलाटो, सुष्मा सेक्टोरिया आदि उन्नत प्रजातिका घाँसहरू रोपिसकेका छन् ।
फार्ममा दूग्ध उत्पादनको अलावा बटर, पनिर, चिस, दही, मोही आदि दूग्धजन्य पदार्थको उत्पादन पनि शुरू गर्ने र बजारीकरण गर्ने उनीहरूको योजना रहेको छ । त्यतीमात्रै होइन गार्इ भैंसीके प्रसस्त गोबर उत्पादन हुने भएकाले अर्गानिक तरकारी उत्पादन गर्नेसमेतको योजनामा रहेको बताउँछन् ।

“सरकारले युवाहरूलाई स्वरोजगार बनाउने नीति त लिएको छ तर स्वरोजगार कसरी बनाउने ऊसँग ठोस र मूर्त योजना छैन, सरकार युवालाई विदेश नजाओ त भन्छ, तर विदेश जान कसरी रोक्ने ऊसँग कुनै कार्यक्रम छैन साँच्चै सरकारले सम्रिद्ध नेपाल बनाउने हाे भने हामी जस्ताे केही गर्छाै भन्ने युवालाई प्रत्साहन गर्न सक्नु पर्छ । नियमनकारी निकाय र संयन्त्र फितलो हुँदा कृषकलाई दिने भनिएको ऋण, अनुदान पनि गैरकृषक र विचौलियाको पोल्टामा पर्ने गरेको छ । कृषि फर्म नै हेरेर वास्तविक किसानलर्इ मात्र राज्यबाट उपलब्ध गरिने अनुदान दिने भरपर्दो नीति सरकारले वेलामृ नल्याने हो भने न युवाहरुलार्इ रोजगारीका लागि खाडिमा जानबाट रोक्न सकिन्छ न मुलुकले समृद्धिको सपननै पूरा हुन्छ । मिहमालय टेलिभिजनका पत्रकारसमेत रहेका उद्यमी मधुकर बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search