लिगको दाबेदार चेल्सी उल्भ्ह्याम्टनसंग स्तब्ध

काठमाण्डौ । इंग्लिश प्रिमियर लिग फुटबलमा उपाधि दाबेदार क्लब चेल्सीले अप्रत्यासित हार बेहोरेको छ । बुधबार राति भएको खेलमा चेल्सी उल्भ्ह्याम्टनसंग २ – १ गोल अन्तरले पराजित भएको हो ।

उल्भ्ह्याम्टनको घरेलु मैदानमा चेल्सीले सुरुवाती अग्रता जोगाउन नसक्दा ३ अंक गुमाएको हो । खेलको १८ औं मिनेटमा रोबिन लोफ्टसको गोलबाट सुरुवाती अग्रता लिएको चेल्सीले अग्रता जोगाउन सकेन । दोस्रो हाफमा उल्भ्ह्याम्टनले उत्कृष्ट पुनरागमन गर्यो र, चेल्सीलाई स्तब्ध बनायो ।

उल्भ्सह्याम्टनको लागि खेलको ५९ औं मिनेटमा राउल जेमिनिजले गोल गर्दै टिमलाई खेलमा फर्काएका थिए । त्यसपछि खेलको ६३ औं मिनेटमा डिएगो जोटाले गोल गरेपछि उुल्भ्ह्याम्टनले २ – १ को महत्वपूर्ण जित निकाल्यो । हारसंगै चेल्सीले लिगको तेस्रो स्थान गुमाएको छ । १५ खेलबाट ३१ अंक जोडेको चेल्सी चौथो स्थानमा छ । चेल्सीलाई स्तब्ध बनाएको उल्भ्ह्याम्टन १५ खेलबाट १९ अंक जोडेर १२ औं स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search