कोपा डेल रे फुटबलः बार्सिलोना अन्तिम १६ मा

काठमाण्डौ । स्पेनिस कोपा डेल रे फुटबलकमा जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गरेको छ । बुधबार राति भएको दोस्रो लेग खेलमा कल्चरल लियोनेसालाई ४ – १ गोल अन्तरले हराएर बार्सिलोनाले अन्तिम १६ को यात्रा तय गरेको हो ।

घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन डेनिस स्वारेजले दुई तथा म्युनिर एल हडादी र माल्कोमले एक एक गोल गरे । लियोनेसाका जोसेप सेनले एक गोल फर्काए । दोस्रो लेगको फराकिलो जितसंगै बार्सिलोनाले समग्रमा ५ – १ को जित निकाल्दै अन्तिम १६ को यात्रा तय गरेको हो । पहिलो लेगमा बार्सिलोनाले १ –० को जित हात पारेको थियो ।

स्टार खेलाडीहरुलाई विश्राम दिइएको खेलको १८ औं मिनेटमा म्युनिरले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । २६ औं मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनाको अग्रता २ – ० को बनाए । खेलको ४४ औं मिनेटमा माल्कोमले गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमा ३ – ० को अग्रता बनायो । दोस्रो हाफमा लियोनेसाले एक गोल फर्कायो । खेलको ५४ औं मिनेटमा जोसेपले गोल गरेपछि लियोनेसाको फराकिलो हार टार्न सकेनन् । त्यसपछि खेलको ७० औं मिनेटमा स्वारेजले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ४ –१ को जित दिलाए । लियोनेसाविरुद्ध बार्सिलोनाले कप्तान लियोनल मेस्सी, जेरार्ड पीके, लुइस स्वारेजलाई खेलाएको थिएन ।

 

प्रतिक्रिया दिनुहोस्
X
Type to search