निर्मलाका हत्यारा नजिक प्रहरी, रातारात आइजीपी खनाल पुगे सिआईवीको मुख्यालय

काठमाडौं । लामो समयको अनुसन्धानपछि निर्मला पन्तका हत्याराको नजिकमा प्रहरी पुगेको छ । विभिन्न छानविन समिति, चौतर्फी जनदवावपछि प्रहरी निर्मला पन्तका हत्यारा नजिक पुगेको हो । निर्मला पन्तमाथी सामुहिक बलात्कार भएको निस्कर्षमा प्रहरी पुगेको छ ।

निर्मला पन्तको सामुहिक बलात्कारपछि हत्या गरेको अभियोगमा प्रहरीले राजधानी काठमाडौंमा एक जना र महेन्द्रनगरमा ३ जना पक्राउ गरेको छ । पक्राउ गरिएकाहरुको नाम भने प्रहरीेले खुलाउन चाहेको छैन । तर अपराध स्वीकार गरिसकेको प्रहरी स्रोतले बताएको छ ।

निर्मला पन्तको बलातकरपछि हत्या भएदेखि प्रदीप रावल सम्पर्क बाहिर थिए । उनलाई प्रहरीले बुधवार काठमाडौंको महाराजगन्जबाट पक्राउ गरेको हो । उनको डीएनए परीक्षणको तयारी गरिएको छ । लागुऔषध सेवनकर्ता रावलको रक्त परीक्षणका लागि प्रयोगशालामा पठाइएको छ ।

रावल पक्राउ परेलगतै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल बुधवार साँझ केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईवी) मा पुगेका थिए । रावललाई सिआइवीले पक्राउ गरेको थियो । निर्मलाको हत्या प्रकरणमा चार सयभन्दा बढिमाथी प्रहरीले अनुसन्धान थालेको थियो । तर प्रमाण नपुगेका कारण सवैले उन्मुक्ति पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search