सुशांत सिंह राजपूत र सारा अली खानको केदारनाथ संकटमा

एजेन्सी । भारतीय क्रिकेटका पूर्वकप्तान महेन्द्रसिंह धोनीको जीवनीमा आधारित अनटोल्ड एमएस धोनी फिल्मबाट निकै चर्चा कमाएका सुशांत सिंह राजपुतको अर्काे महत्वाकांक्षी फिल्म केदारनाथ मुस्किलमा परेको छ । फिल्‍म केदारनाथका बिरुद्ध मुम्बईको हाईकोर्टमा मुद्दा दायर भएको छ । हिन्दु र्धमबलम्बीहरुको ठुलो मन्दिर केदारनाथ जस्तो धार्मिक स्थलमा प्रेम कहानी छायाकंन गरेको भन्दै सेन्सरसिपको माग राखि मुद्दा दायर गरिएको हो । वकील रमेशचंद्र मिश्राले मुद्दा दायर गरेका हुन् ।
अभिषेक कपूरले निर्देशन गरेको सुशांत सिंह राजपूत र सारा अली खानले अभिनय गरेका छन् । धार्मिक स्थलमा प्रेम कहानी देखाउँदा जनमानसमा समस्या आउने उनीहरुले दावी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search