निर्देशनमा नायक, सिंहदरवारमा खलनायक !

काठमाडौं । नेकपाका शिर्षदेखि प्रभावशाली नेताहरुले प्रशिक्षण कार्यक्रममा एउटा उदाहरण दिन्थे ‘हिन्दी फिल्म नायक हेर्नुहोस, नायक । अभिनेता अनिल कपुरको अभिनयमा सजियको फिल्ममा दुई मुख्य पात्र छन् । एउटा हुन् ‘देवा’ अर्थात नायक अनिल कपुर, अर्का छन्–मुख्यमन्त्री उर्फ खलनायक अमरिश पुरी ।

नेकपा नेताहरुले ‘देवा’ अर्थात अनिल कपुर बन्न प्रशिक्षण कार्यक्रममा नेता कार्यकर्तालाई अर्ति दिन्थे तर शिर्ष नेताहरुले नै चलाएको दुई तिहाईको सरकार खलनायक अमरिश पुरीको भूमिकामा पुगेको छ । हिन्दी फिल्म नायकको पटकथा र वर्तमान नेकपा अध्यक्ष केपी शर्मा ओली सरकारको रवैया मिल्दा जुल्दो मात्र छैन, घटना र परिघटना पनि एकै प्रकारका छन् । पटकथा र सिंहदरवारको ओली शासनमा संयोग छ,–त्यो हो एउटा टेलिभिजन कार्यक्रम ।

खलनायक अमरिस पुरीले मुख्यमन्त्रीको भूमिकामा सरकार चलाइरहेका हुन्छन् । एकदिन टेलिभिजनमा अन्तर्वार्ताका लागि पुग्छन् । अन्तर्वार्तामा अनिल कपुरले सोध्छन् ‘यो पर्चा चिन्नु भयो, कस्को हो ? सुरुमा अलमल परेर भएपनि मुख्यमन्त्रीले चिन्छन् र भन्छन् ‘निर्वाचनमा हामीले तयार पारेको घोषणा पत्र हो ।’ फेरी देवाले अर्काे प्रश्न गरे–‘चुनाव गरेका बाचा पुरा गर्नु भयो, शान्ति सुरक्षा, अमन चयन कायम भयो ? उल्टो जवाफ दिँदै मुख्यमन्त्रीले भने ‘किन पुरा भएका छैनन र ? म मुख्यमन्त्री हुनुभन्दा पहिले अशान्ति थियो तर अहिले शान्ति छ ।’ उनको जवाफमा देवा सन्तुष्ट हुँदैनन् । उनी आफैले खिचेको सडक दंगाको फुटेज देखाउँछन् । फुटेजमा बिद्यार्थी र गाडी चालकबीचको झगडा हुँदा सरकारद्धारा संरक्षित गुन्डाबाट बिद्यार्थी मारिन्छन्, एम्बुलेन्समा जाँदै गरेका विरामीको बाटोमै मृत्यु हुन्छ । लुटपाट र चोरी हुन्छ, तरपनि मुख्यमन्त्रीले प्रहरीका हातखुट्टा बाँधि राख्छन् । प्रहरीले चाहेजस्तो कारवाही गर्न पाउँदैनन् अनि प्रहरी प्रमुख भन्छन् ‘दुई पैसाको हैसियत नभएका निकम्बा सिएम ।

टेलिभिजन कार्यक्रममा नजवाफ भएपछि मुख्यमन्त्रीले एक दिनका लागि मुख्यमन्त्री हुन टेलिभिजनका प्रस्तोता देवालाई चुनौति दिन्छन् र देवाले पनि त्यो चुनौति लिन्छन्, त्यसपछि अमरिस पुरी शासनको दुखद अन्त्य हुन्छ । मृत्यु हुँदा भन्छन् ‘अच्छा था व अन्तर्वार्ता ।

२१ भदौमा जनतासँग प्रधानमन्त्री कार्यक्रम पनि केपी शर्मा ओलीका लागि अभिसाप सावित हुँदै गएको छ । त्यहाँ फिल्मको पर्दामा बिद्यार्थी विरामी मारिन्छन्, यहाँ निर्मला पन्तको बलात्कारपछि हत्या हुन्छ । जनतासँग प्रधानमन्त्री कार्यक्रममा यही प्रश्न सोधिन्छ, तर प्रधानमन्त्रीले निर्मला पन्तको न्याय भन्दा शंकाको घेरामा रहेकी बम दिदी बहिनीको बचाउ गर्दछन् । त्यहाँ चुनावी घोषणा पत्रका बिषयमा प्रश्न सोधिन्छ, यहाँ ‘खोई रेल, खोई पानी जहाज’ भन्दै प्रश्न गरिन्छ ? ओली सरकारको हनिमुन समयसम्म आशलाग्दो थियो । तर २१ भदौमा दिएको टेलिभिजन अन्तर्वार्ताले उनको मात्र नभई नेकपाको साख नै गिरेको छ ।

ओली सरकारले सुनकाण्डका मतियारहरुलाई चिसो कारागारको बाटो देखायो । चीनसँग महत्वपूर्ण सम्झौता गरयो, विदेश सम्बन्धमा सुधार ल्यायो । भारतीय प्रधानमन्त्री मोदीसँग जनकपुर–अयोध्या बस सञ्चालन गरयो । यतिसम्म प्रतिपक्ष दलले जे भनेपछि सन्तोष जनक नै थियो । निर्मला प्रकरणदेखि राष्ट्रपतिको गाडी प्रकरण र क्रिश्चिन धर्म प्रचारक संस्थाले उनको साख नायकबाट खलनायकतिर धकेलि दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search